माओवादी काठमाडौंबाट ललितपुर सर्यो

माओवादी काठमाडौंबाट ललितपुर सर्यो

नेकपा माओवादी केन्द्रको हिजो राति निर्वाचित केन्द्रीय समितिको प्रथम बैठक बोलाइएको छ । नयाँ केन्द्रीय समितिको पहिलो बैठक आज दिउँसो बस्न लागेको हो । बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा, सानेपामा डाकिएको छ ।

अघिल्लो आइतबारदेखि राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको आठौं राष्ट्रिय महाधिवेशन हिजो अबेर सकिएको हो । अध्यक्ष पुष्पकमल दाहालले सहमतिमा चयन गरिएको भन्दै केन्द्रीय समिति सदस्यहरुको नाम पढेर सुनाएपछि महाधिवेशन सकिएको थियो ।

झण्डै तीन दिनसम्म सैद्धान्तिक र वैचारिक बहस भएको भनिएको पार्टीको महाधिवेशनले नेतृत्वको नामचाहिँ अध्यक्षलाई पढेर सुनाउन लगाएको थियो । अध्यक्ष दाहालले २ सय ९९ जनाको केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम पढेर सुनाउनु भएको छ । बाँकी ६३ सदस्य आगामी दिनमा मनोनयन गर्न बाँकी छ ।

आज २ सय ३६ जनाको पहिलो बैठक ललितपुरमा बस्न लागेको हो ।

टिप्पणीहरू