प्रधानमन्त्री पत्नी दिल्लीमा प्रकट

प्रधानमन्त्री पत्नी दिल्लीमा प्रकट

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटघाट भएको छ ।

भारत भ्रमण क्रममा नयाँ दिल्ली पुग्नुभएकी आरजू र चौथाईवालेबीच आज भेट भएको हो । अकस्मात भारत भ्रमणमा निस्कनुभएकी आरजू र चौथाईवालेबीच भएको भेटबारे केही खुलाइएको छैन ।

तर,निकट स्रोतले भने नितान्त पारिवारिक भेट भनेको छ । आरजू व्यक्तिगत कामका लागि नयाँ दिल्ली पुगेको र त्यहि मेसोमा आफ्ना ‘दाजु’ चौथाइवालेसँग पारिवारिक तवरले भेटघाट गरेको बताइएको छ ।गत भदौमा काठमाडौँ आएका बेला चौथाईवालेलाई बालुवाटारमै आरजूले राखी बाँध्नुभएको थियो । बालुवाटारमा आरजूको एकछत्र हालीमुहाली चल्ने आरोप लागिरहेका बेला उक्त दिल्ली भ्रमणलाई प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणसँग पनि जोडेर हेरिएको छ ।

पुसको अन्तिम साता प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी छ । जे होस्,प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजूको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

टिप्पणीहरू