च्याउ र स्याउबाट रातारात धनी हुने काइदा

च्याउ र स्याउबाट रातारात धनी हुने काइदा

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बहुमुल्य जडिबुटीको प्रशोधन गरी विश्वभर निर्यात गर्न सके कर्णालीबासीले नसोचेको लाभ लिनसक्ने बताउनुभएको छ ।

युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले करोडौं रुपैयाँका बहुमुल्य जडिबुटीलाई कर्णाली प्रदेशमै प्रशोधन गर्ने हो भने झन् बढी फाइदा हुने उपाय बताउनुभएको हो ।

फाइदा हुने र धनी हुने कुरो गरे पनि त्यसबारे विस्तृत जानकारी भने गराउनुभएको छैन । मुख्यमन्त्रीले भन्नुभयो, ‘हामीसँग बहुमूल्य जडिबुटी छ ।

त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेका छौं । कर्णालीमा नै प्रशोधन गरेर निर्यात गरेको भए बढी फाइदा लिन सक्थ्यौं ।’ तर, ती कार्य सरकारले गर्ने कि, जनताले ? भन्ने विषयमा मुख्यमन्त्रीको भनाई स्वयम् स्पष्ट छैन ।

प्रदेशमा रहेका बहुमुल्य च्याउ र स्याउलाई व्यवस्थित तरिकाले बजारीकरण गर्न सकिएमा धनी हुन कुनै बार कुर्न नपर्नेमा उहाँको जोड छ । तर व्यवस्थित कसले गर्ने, कहिले गर्ने भन्ने बारे सरकारको कुनै पनि योजना हालसम्म देखिएको छैन ।

टिप्पणीहरू