चितवनमा पनि विद्युतीय राहदानी वितरण

चितवनमा पनि विद्युतीय राहदानी वितरण

चितवनमा आजबाट विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आज विद्युुतीय राहदानीको शुभारम्भ गर्नुभएको छ । पहिलो चरणमा २० जनालाई विद्युतीय राहदानीको वितरण गर्न लागिएको हो ।

केही दिन दैनिक २० जनाका दरले अनलाइनबाट आवेदन भरेकालाई ई–पासपोर्ट वितरण गर्न लागिएको हो । अनलाइनबाट भरिने ई–पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ । मोबाइलबाट पनि फाराम भर्न सकिने बताइएको छ । नागरिकता र फोटो ४ सय केबीसम्मको अपलोड हुने मिलाइएको छ ।

आफैंले फाराम भर्न नसक्नेहरुले जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्कबाट न्युनतम शुल्कमा अनलाइन फाराम भर्न पाइने व्यवस्था समेत गरिएको छ ।

यस्तै, अन्यत्रबाट अनलाइन फाराम भर्ने सेवा दिने पसलहरुको निम्ति शुल्क तोक्ने तयारी प्रशासनले गरेको छ । सरकारले काठमाडौंस्थित राहदानी विभागबाट गत मंसिर १ गतेदेखि ई–पासपोर्ट वितरण सुरु गरेको हो ।

टिप्पणीहरू