राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपकुलपति चाहियो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपकुलपति चाहियो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपतिका लागि आवेदन मागेको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै सात दिनभित्र आवेदन दिन भनेको हो।

उपकुलपतिका लागि आवेदन दिन मान्यता प्राप्त संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर गरेको, कम्तिमा प्राध्यापक वा स्वास्थ्य सेवातर्फको ११ औं तह वा सो सरह काम गरेको हुनुपर्ने भनिएको छ ।

प्रतिष्ठानले उपकुलपतिका लागि यसअघि नै सिफारिस समिति गठन गरेको थियो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला सदस्य रहेको सिफारिस समिति आवेदकमध्यबाट छानिएका तीन जनाको नाम प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गर्नेछ ।

सिफारिस गरिएका व्यक्तिमध्येबाट देउवाले एक जनालाई उपकुलपति नियुक्त गर्नुहुनेछ । उपकुलपतिको कार्य अवधि चार वर्षको हुने व्यवस्था छ ।

टिप्पणीहरू