एमसीसी टेबल हुने भनिएको अघिल्लो दिन राजदूतले भेटिन् ओलीलाई

एमसीसी टेबल हुने भनिएको अघिल्लो दिन राजदूतले भेटिन् ओलीलाई

अन्ततः चीनले प्रमुख विपक्षी दल एमालेसामु एमसीसीसम्बन्धी आफ्नो सरोकार राखेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोेरेशन (एमसीसी) टेबल गर्ने अघिल्लो दिन उसले आफ्नो सरोकार स्पष्टसँग राखेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट,भक्तपुर पुगेर चिनियाँ राजदूत होउ यान्छीले चिनियाँ सरोकारलाई झण्डै दुई घण्टा लगाएर सविस्तार सुनाएको र एमालेको धारणा बुझ्न चाहेको हो ।

हिजो राजदूत होेउले अध्यक्ष ओलीसँग बिहान ११ बजेदेखि दिवाभोजनको समय झण्डै साढे १ बजेसम्म भेटेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जनआस्थालाई बताए ।

आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त सम्झौता टेबल गर्ने तयारी थियो । सबै चाँजोपाँजो मिलेमा छिट्टै सम्झौता पारित गराउने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा रहनुभएको बुझिएको छ ।

तर, सम्झौता टेबुल गराउने भनिएको अघिल्लो दिन चिनियाँ राजदूतले एमाले अध्यक्षलाई भेटेर एमसीसीप्रतिको चिनियाँ सरोकार सुनाउनुलाई अर्थपूर्ण ठानिएको छ ।

उहाँहरुबीच दुई घण्टाभन्दा बढी भेटवार्ता भएको हो ।

टिप्पणीहरू