वर्षौंदेखि गायब डाक्टरसँग स्पष्टीकरण माग

वर्षौंदेखि गायब डाक्टरसँग स्पष्टीकरण माग

बिदा स्वीकृत नगराई साढे तीन वर्षदेखि कार्यालयमा हाजिर नभएका एक जना स्वास्थ्य अधिकारीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण मागेको छ । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. ओमबिजु पन्तलाई मन्त्रालयले स्पष्टीकरण मागेको हो ।

मन्त्रालयले आज प्रकाशित गरेको सूचनाअनुसार नवौं तहको अधिकृतका रुपमा कार्यरत पन्त बिदा स्वीकृत नगराइ २०७५ बैशाख २ गतेदेखि कार्यालयमा अनुपस्थित भएका हुन् ।

नेपाल स्वास्थ्य सेवा ऐनअनुसार पन्तलाई सेवाबाट हटाउनुपर्ने भएकाले स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको हो । कारबाही नगर्नुपर्ने कुनै कारण भए प्रमाणसहित ७ दिनभित्र स्पष्टीकरण पेश गर्न मन्त्रालयले भनेको छ ।

यदि स्पष्टीकरण पेश नगरिएमा भविष्यमा स्वास्थ्य सेवामा अयोग्य ठहरिने गरि सेवाबाट निष्कासन गर्ने चेतावनीसमेत सूचनामा दिइएको छ ।

टिप्पणीहरू