जंगे पिलरमा एमाले कमरेडहरुको परेड

जंगे पिलरमा एमाले कमरेडहरुको परेड

भारतीय पक्षले नेपाली भूभाग मिचेको बिरोधमा नेकपा एमालेले दसगजा क्षेत्रमै बैठक राखेको छ । सिमानामा भारतले अतिक्रमण गरेको भन्दै नेकपा एमाले सन्दकपुर गाउँ कमिटी, इलामले दशगजा क्षेत्रमै बैठक बसेर अतिक्रमणको बिरोध गरेको हो ।

नेपाल भारत सीमानाको जंगे पिलरमै बैठक बस्दै एमालेले भारतीय अतिक्रमणको बिरोध गरेको हो । दुई देशको सिमानामा पर्ने सन्दकपुर गाउँपालिका ५, को जौबारीमा हिजो एमाले पालिका कमिटीको बैठक बसेको थियो । बैठकपछि सीमानामा नेपाली झण्डा फहराउँदै बैठकको निर्णय सार्वजनिक गरिएको बताइन्छ ।

बैठकमा एमाले केन्द्रीयसदस्य राम राना, जिल्ला अध्यक्ष महेश बस्नेत, उपसचिव उमेश गुरुङ र सन्दकपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरुको उपस्थिति थियो ।

इलामका दर्जनौं स्थानमा भारतले नेपाली भूभाग अतिक्रमण गरेको छ । तर, अतिक्रमित भूमि र सीमानामा धर्ना र बैठक गर्नुभन्दा भारतसँग कुटनीतिक पहलबाटै ती भूभाग फिर्ता गरिनुपर्ने स्थानीयले बताएका छन् ।

टिप्पणीहरू