तारा बरालको स्वास्थ्य ‘डेञ्जर’ अवस्थामा : मानवअधिकार आयोग

तारा बरालको स्वास्थ्य ‘डेञ्जर’ अवस्थामा : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता तारा बरालको जीवन रक्षाको लागि अपिल गरेको छ । वीर अस्पतालमा उपचार गराइरहेकी ताराको स्वास्थ्य स्थिति थप जटिल अवस्थामा पुगेको अनुगमनबाट देखिएको भन्दै आयोगले विज्ञप्ति मार्फत् सार्वजनिक अपिल गरेको हो ।

गत कात्तिक ३० गतेदेखि सर्वोच्च अदालतलाई पूर्णरुपम सुचारु गर्नुपर्ने, नेपाल बार एसोसिएसन कार्यालय अगाडि प्रदर्शन गर्दा महिलामाथि दुव्र्यवहार गरी अपशब्द बोल्ने वकिलहरुलाई कारबाही गर्नुपर्ने, एमसीसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्णरुपमा खारेज गर्नुपर्ने माग राख्दै बराल आमरण अनसनमा बस्दै आएकी थिइन् ।आयोगले अनसनरत ताराको जीवन रक्षाको लागि सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ । जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सृजना गर्न तारालाई समेत आग्रह गरिएको छ ।

बरालको अघिल्लो सातादेखि वीर अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।

टिप्पणीहरू