ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बन्दै

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तर्जुमाको तयारी गरेको छ । काउन्सिलले ज्येष्ठ नागरिकबारे आमसञ्चार माध्यममा सम्मानजनक भाषा प्रयोग र एकरुपता कायम गर्न निर्देशिका बनाउन लागिएको जनाएको हो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले निर्देशिका निर्माणका लागि कार्यदल समेत गठन गरेको छ ।काउन्सिलका बोर्ड सदस्य गोपाल बुढाथोकीको संयोजकत्वमा सदस्य ठाकुरप्रसाद बेलबासे र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल सदस्य रहेको कार्यदलले राष्ट्रिय ज्येष्ठ नागरिक महासंघसहितका सरोकारवाला निकायसँग सुझाव लिएर एक महिनाभित्र निर्देशिका मस्यौदा तयार गर्ने जनाइएको छ ।

प्रेस काउन्सिलले मिडियामा प्रयुक्त हुने भाषालाई मर्यादित बनाउन विभिन्न निर्देशिका जारी गरी कार्यान्वयनमा भने ल्याइसकेको छ ।

यसअघि बालमैत्री सञ्चार निर्देशिका, २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, २०७३ र महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ कार्यान्वयनमा आइसकेका छन् ।

टिप्पणीहरू