जुवाडेको कब्जामा राष्ट्रपति उड्ने जहाज

झण्डै ३० वर्षदेखि नेपालका राजा, महाराजादेखि राष्ट्रपतिसम्मले राजधानीबाहिर निस्कनुपर्दा प्रयोग गर्ने फ्रान्सनिर्मित सुपर पुमा हेलिकोप्टरमध्ये दुई वटा (रोमियो अल्फा गल्फ र जुलियट) अहिले कसले चलाउँदै होलान् ? सुन्नुभयो भने जिब्रो टोक्नुपर्ने अवस्था छ । 
ती हेलिकोप्टर अहिले जुवाडेहरुको कब्जामा छ । काम हो, पैसा लोड गरी निश्चित गन्तव्यमा पुगेर बाह्रमासे खेल्ने, हार–जितको हिसाब मिलाएर कालोधनलाई ह्वाइट मनीमा परिणत गरी वास्तविक गन्तव्यमा फर्किने † चीनको नाञ्जिङबाट हङकङ समुन्द्रपारिको जुवा र मनोरञ्जनको शहर मकाउ जानका लागि हाम्रा जहाज प्रयोग गरिँदैछ । यी दुई हेलिकोप्टर वैशाख २६ गते नेपालबाट चीन प्रवेश गरेका हुन् । अर्थात्, नेपाली सेनाले बेचेको हो । त्यसको ओभर हलिङ गर्ने बेला भएको थियो । अहिलेको बजार मूल्यअनुसार एउटैको मूल्य दुई अर्ब पर्छ । तर सेनाले दुईटालाई ३४ करोडमा बेचेको हो । यसमा बीचौलिया अमेरिकी नागरिक पनि थिए, नेपाली सेनाका पाइलटहरुले नै उडाएर हेलिकोप्टर नाञ्जिङमा छाडेका थिए । अहिले त्यसैमा थाइल्याण्ड, लाओस नजिक पर्ने भएका कारण त्यहाँबाट पनि मकाउतर्फ जुवाडे ओसार्ने काम भइरहेको छ । यस बीचमा समस्या के प¥यो भने, ती हेलिकोप्टर उडाउन पाइलट र इञ्जिनियरको अभाव । यसबारे भर्खरै नेपाल सरकारलाई पत्राचार गरिएको छ । पहिला चीनले ढाँट्यो, आगलागी नियन्त्रणका लागि चाहिने भनेर । तर, जुवाडे बोक्न प्रयोग हुँदा बिक्रिकर्ता रक्षा मन्त्रालयका उच्चअधिकारीहरु अचम्ममा छन् । 

सेनाले पोहोर पुस महिनामा करिब ६६ करोड न्यूनतम मूल्य निर्धारण गर्दै लिलाम बढाबढको तयारी थालेर सुपर पुमा, चिता र एमआई १७ हेलिकोप्टरसहित त्यसका पार्टपुर्जा लिलाम गरेको थियो । भारत सरकारसँग सैनिक सहयोगअन्र्तगत सहुलियतमा लिएका र आफैँ टेण्डर आह्वान गरेर ल्याइएका हवाई साधनको लिलामीका क्रममा सुपर पुमा चीन पुगेको हो । एनए ०२९, एनए ०३०, एनए ०३१, एनए ०३९, एनए ०४३ र एनए ०४४ कलसाइनका हवाई साधन त्यसरी बेचिएका हुन् । त्यसक्रममा सुपर पुमा र त्यसका पार्टपुर्जालाई ३१ करोड ६६ लाख न्युनतम मूल्य तोकिएको थियो । एनए ०४३ र एनए ०४४ कलसाइन भएका दुईवटा एमआई १७ लाई जम्मा १० लाख रुपैयाँ प्रति इकाई न्युनतम् मूल्य राखेर लिलाम बिक्रीको सूचना प्रकाशित भएको थियो ।

टिप्पणीहरू