प्रियंकाको डिभोर्सबारे तहल्का, महिनाको दुई दिन भेट्ने गरेको खुलासा

प्रियंकाको डिभोर्सबारे तहल्का, महिनाको दुई दिन भेट्ने गरेको खुलासा

हाल हलिउड पुगेकी भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्सले लगनगाँठो कसेको तीन वर्षपछि सम्बन्धविच्छेद गर्न लागेको भन्दै प्रशंसकहरूले हिजो बिहानदेखि सामाजिक सञ्जालमा बहस गर्न थालेका छन् ।

प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टको बायोमा लेखिएको प्रियंका चोपडा जोनास नाम फेरेर प्रियंका मात्र राखेपछि उनले नाम मात्रै होइन श्रीमान नै फेर्न लागेकी हुन् कि क्या हो भनेर अड्कलबाजी शुरु भएको हो ।

तर, प्रियंकाको बैबाहिक सम्बन्धबारे भएको व्यापक हल्लालाई चिरेर हिजो बेलुकी ती सबै अफवाह हुन् भन्दै चिसो पानी हालिदिएकी छन् । हिजै उनले श्रीमान निकले पोष्ट गरेको एक्सरसाइज गर्दै गरेको भिडियोमा ‘सबै ठीक छ’ भनेर लेखेपछि सम्बन्ध विच्छेदको आशंका गर्नेहरु शीताङ्ग भएका हुन् ।

उनले निकको पोष्टलाई लाइक गर्दै लेखेकी छन्, ‘सबै कुरा भुलेर तिम्रै अंगालोमा बाँधिएकी छु ।’ प्रियंकाको उक्त कमेण्टपछि निकसँग सम्बन्धविच्छेद हुन लागेको भन्ने चर्चामा पूर्णबिराम लागेको छ । अहिले प्रियंकाले आफ्नो इन्स्टाग्राममा निकसँगको एउटा तस्बिर समेत राखेकी छन् ।

प्रियंकाको कमेण्ट पढेपछि धेरैले छिट्टै रिलिज हुन लागेको उनको नयाँ चलचित्रको निम्ति उनले ‘पब्लिक स्टन्ट’ गराएको आरोप लगाएका छन् ।

यसअघि बेलायत भ्रमणमा छँदा प्रियंकाले आफूहरुबीचको सम्बन्धलाई लिएर सोधिएको जिज्ञासामा यसो भनेकी थिइन्,‘हामी एक अर्काबीच कम्तिमा तीन हप्तामा मुखामुख हुनेगरी भेट्छौं । विश्वको जुन कुनामा भए पनि हामीले एक अर्काको निम्ति कम्तिमा महिनाको दुई दिन छुट्याउने गरेका छौं ।’

टिप्पणीहरू