शताब्दीपुरुष जोशीको प्रतिमा फ्रान्समा

शताब्दीपुरुष जोशीको प्रतिमा फ्रान्समा

फ्रान्समा नेपालका शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिमा बन्ने भएको छ । जोशीको प्रतिमा फ्रान्सको कुनै एउटा शहरमा बनाउने समझदारी पत्रमा मेयरहरुको सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले हस्ताक्षर गर्न लाग्नुभएको हो ।

ललितपुर महानगरपालिकाका अनुसार फ्रान्सका प्रख्यात कविको शालिक ललितपुर महानगरपालिकाभित्रको कुनै स्थानमा र एक सय दुई वर्षका वाङ्मय शताब्दीपुरुष, संस्कृतिविद् जोशीको प्रतिमा फ्रान्सको एउटा शहरमा राख्ने सन्दर्भलगायतका समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वको शालिक तथा प्रतिमा स्थापनाले अपनत्व र घनिष्टता वृद्धिमा सहयोग पु¥याउने महानगरले जनाएको छ ।

फ्रान्सका विभिन्न शहरका मेयरहरुको सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मेयर महर्जन फ्रान्स जानुभएको हो । उहाँले नेपालका २५ भन्दा बढी स्थानीय तह र फ्रान्सका विभिन्न स्थानीय तहहरुबीच भगिनी सम्बन्ध स्थापनाका लागि समन्वय गर्नुहुने समेत बताइएको छ ।

टिप्पणीहरू