सर्वोच्चमा वकिल र प्रहरीको घमासान, पाँच जना घाइते

सर्वोच्चमा वकिल र प्रहरीको घमासान, पाँच जना घाइते

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिन पुगेका कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रहरीले कानुन व्यवसायीहरुलाई सर्वोच्चभित्र छिर्न रोकेपछि शुरु भएको विवाद झडपमा परिणत भएको हो ।

कानुन व्यवसायीको समूह भित्र जान खोज्दा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको थियो । झडपमा परि ५ जना कानुन व्यवसायी सामान्य घाइते भएका छन् । बारका महासचिव लीलामणि पौडेलसहित रमा कर्ण, मुकुन्द भट्टराईलगायतका कानुन व्यवसायी घाइते भएको बताइएको छ ।

त्यसपछि थप आक्रोशित कानुन व्यवसायीहरुले चर्को नारावाजी गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा लगाएका छन् ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै नेपाल बार एसोसिएसनका आपत्ति जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि सर्वोच्चमा सम्पूर्ण इजलास बहिष्कार गर्न कानुन व्यवसायीहरुलाई आह्वान गरेका छन् ।

टिप्पणीहरू