वीरगञ्जमा छठको हर्षोल्लास

वीरगञ्जमा छठको हर्षोल्लास

वीरगञ्जमा अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ ।

धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको पर्व छठलाई सूर्य उपासनाको पर्व मानिन्छ । आश्था र सहअस्तित्वको पर्व छठको तेश्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ पनि भन्ने गरिन्छ ।

विराटनगरको सिंघिया खोला, सुनसरी मोरङ सिञ्चाइ आयोजनाको नहर र केसलिया खोला किनारामा छठ पूजा गरिन्छ । यहाँका यी तीन वटै जलाशय किनारामा श्रद्धालुको ठूलो भिड लाग्ने गर्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्री चढाइन्छ । प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ।

अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ।

टिप्पणीहरू