चीनको अर्को शहरसँग पनि भगिनी सम्बन्ध

कीर्तिपुर नगरपालिका र चीनको हुपेइ प्रान्तस्थित हुगाङकाङ शहरबीच भगिनी सम्बन्ध कायम हुने भएको छ । अस्तिको क्याबिनेट बैठकले उक्त सम्बन्धको लागि स्वीकृति दिएपछि दुई शहरबीच भगिनी सम्बन्धको प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

पछिल्ला दिनमा नेपालका विभिन्न शहर र विश्वका अन्य देशका शहरहरुबीच भगिनी सम्बन्ध स्थापित भएका छन् । हालसम्म सबैभन्दा धेरै चीनका शहरसँग त्यस्तो सम्बन्ध कायम भएको देखिन्छ ।

राजधानी काठमाडौं र चीनको सान्सी प्रान्तको सियान शहरबीच आजभन्दा २५ वर्षअघि भगिनी सम्बन्ध कायम भएको थियो ।

टिप्पणीहरू