ठेकेदारलाई कारबाही

टाइममा काम नसकाउने ठेकेदारलाई कारबाही गर्ने भन्नेबित्तिकै भौतिक योजना मन्त्रालयको पेट पोल्न थालेको छ । कारबाही गर्छु भन्ने गृह मन्त्रालय, पेट पोलेकोचाहिँ भौतिक मन्त्रालयको । ठेक्का लिएर काम नसकाएको कारणले देशमा असुरक्षासमेत बढ्यो भन्दै गृहले ठेकेदारलाई कारबाही गर्ने पहल गरेको थियो । गृहको त्यो पहल सुरु हुनेबित्तिकै भौतिक योजनाले भनेछन् (गृहजी ! ठेकेदारलाई तपाईंले कारबाही गर्न पाउनुहुन्न । कारबाही गर्ने अधिकार मेरो हो ।

गृहले भन्यो, हैन भौतिकजी, कारबाही भनेको गृहले नै गर्छ । भौतिकले गर्दैन ।

भौतिकले प्रतिवाद ग¥यो, होइन, ठेक्का पनि भौतिकले नै दिएको हो कारबाही पनि भौतिकले नै गर्छ ।

गृहले तर्क राख्यो, त्यसो होइन । ठेक्का दिने काम भौतिकको हो कारबाही गर्ने काम गृहको हो । आफ्नो आफ्नो काम गरौँ ।

भौतिक जंगिए, तपार्इं आफ्नो मात्र काम गर्नोस्, हाम्रो अधिकार क्षेत्रमा हस्तक्षेप नगर्नोस् ।

गृह पनि के कम, कारबाहीको अधिकारक्षेत्र भनेकै हाम्रो अधिकारक्षेत्र हो । आफ्नै अधिकार क्षेत्रमा काम गर्न हामीलाई केको डर ।

भौतिक– बढी नकराउनुस् । व्यर्थमा गर्जेर केही हुन्न ।

गृह– बादल हुँ, गर्जने मेरो कामै हो ।

भौतिक–  गरजता बादल बरसता नहीं ।

गृह– मनसुन सुरुइ भइसक्यो, अब गरजता भी है, बरसता भी है ।

भौतिक–( इ ! बरसता है !

गृह– इ ! बरसता नही है

भौतिक र गृहको यो संवाद लामै जारी भयो । उनीहरू आआफ्नो द्वन्द्वात्मक संवादमा व्यस्तै थियो । कामचोर ठेकेदारहरू जम्मै काम छाडेर चारैतिर बसी ताली बजाइरहेका थिए ।

टिप्पणीहरू