लाइसेन्स फाराम भर्ने अनलाइन अझै बनेन

लाइसेन्स फाराम भर्ने अनलाइन अझै बनेन

चालक अनुमतिपत्रको अनलाइन फाराम खुलेको केही दिनमै प्राविधिक समस्याका कारण पुनः बन्द भएको छ । झण्डै एक साता भइसक्दा समेत उक्त प्रविधि सुचारु हुन सकेको छैन ।

कोरोना महामारीको कारण देखाउँदै गत बैशाखदेखि बन्द भएको अनलाइन आवेदन कात्तिक ८ गतेदेखि खुलाइएको थियो । तर प्राविधिक समस्या देखाउँदै गत बुधबारदेखि पुनः स्थगित गरिएको थियो ।

सफ्टवेयरमा समस्या आएपछि हाल प्राविधिकहरु निर्माण कार्यमा लागिरहेको यातायात व्यवस्था विभागले जनाएको छ । जतिसक्दो चाँडो प्राविधिक समस्या हटाउने कोसिस भइरहेको विभागले बताएको छ ।

टिप्पणीहरू