‘न्यायाधीशलाई इजलास बन्द गर्ने अधिकार कसले दियो ?’

‘न्यायाधीशलाई इजलास बन्द गर्ने अधिकार कसले दियो ?’

सर्वोच्च अदालतमा लगातारको इजलास बन्दप्रति कानुनका विद्यार्थीहरुले नारा लगाएका छन् । नेशनल ल कलेज, नेपाल ल क्याम्पस तथा अन्य क्याम्पसका स्नातक र एलएलबी तहमा अध्ययनरत विद्यार्थीहरुले इजलास बन्द गरेका न्यायाधीशहरुविरुद्ध नारा लगाएका हुन् ।

नेशनल ल क्याम्पसकी सुषमा घिमिरेलगायत झण्डै चार दर्जन विद्यार्थीले सर्वसाधारणको न्यायको निम्ति जुलुस निकालेको बताएका छन् । उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्लेकार्ड बोकेर जुलुश निकालेका हुन् ।

प्रदर्शनकारीहरुले मिडिया ट्रायल बन्द गरौं, न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ?, इजलास बहिष्कार गर्न पाईंदैन, गुटबन्दी बन्द गर, सेवाग्राहीलाई न्याय देलगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू