एमालेमा सुवाष र भीम : आइफोनमा हालेको युटिएलको सीम

एमालेमा सुवाष र भीम : आइफोनमा हालेको युटिएलको सीम

एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ प्रतिनिधिसभा विघटनताका खुबै चर्चामा आए । हमेशा मिडियामा नआउने उनी आफ्नै पुरानो अभिव्यक्तिको खण्डन हुनेगरी केपी ओलीद्वारा दुबैचोटी गरिएको संसद विघटनको पक्षमा उभिएपछि उनको चर्चासँगै आलोचना पनि चर्कियो । ओलीको निर्णयको प्रतिरक्षाका लागि आफैँ अध्यक्ष भएर संविधानसभाबाट जारी भएको संविधान उल्लङ्घन हुँदा पनि मौन बसेको आरोप लाग्यो ।

सुवास एमाले नेता मात्र होइनन्, कानुनका ज्ञाता पनि हुन् । वकालती पेशाबाट राजनीतिमा छिरेका उनी कानुनतर्फ पनि विधिशास्त्रमा दखल राख्छन् । संविधान,कानुन र राजनीतिको विश्लेषणमा उनले महत्व पाउनुको कारण पनि त्यहि हो । तर, संविधानले संसद विघटनको परिकल्पना नै नगरेको आफ्नो पुरानो भनाइको खण्डन हुने गरी उनै विधिशास्त्री ओलीको कदमको प्रतिरक्षामा उभिएपछि आलोचना स्वभाविकै थियो ।

पार्टीका आन्तरिक असहमति बाहिर नल्याउनुलाई स्वभाविक मान्न सकिन्छ । तर,संविधानसँग जोडिएको सवालमा समेत मौनता साँध्नु चैं मुलुकमाथिको गम्भीर धोका हुन्छ,सुवास आलोचित हुनुको कारण पनि त्यहि थियो ।

कम्युनिष्ट आन्दोलनसम्बन्धी थेसिस गरेका रावललाई त्यसैले एकैचोटी माथि उठाएको कतिपयको बुझाइ छ ।

ओलीको निकट भएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न प्रयासरत सुवासले राजनीतिक विश्लेषणमा भने पटक-पटक फेल खाएका छन् । यसअघि २०५२ सालमा मनमोहन अधिकारीले गरेको विघटनको समर्थनमा पनि उनी दर्हैसँग उभिएका थिए । कुनैपनि हालतमा विघटन सदर हुने उनको दाबी विपरित त्यतिबेला प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो । अहिले पनि उनको विश्लेषण सही सावित हुन सकेन । ओलीले गरेका दुवै विघटन अदालतले उल्टाइदियो ।

सुवासजस्तै आफ्नो राजनीतिक विश्लेषण फेल खाँदा राजनीतिको मैदानमा ‘अलपत्र’ परेका छन् एमाले उपाध्यक्ष भीम रावल । एमालेको नवौँ महाधिवेशनपछि ओलीसंग चर्को अन्तरविरोधमा रावल माधव नेपालको साथमा रहेका थिए । नेकपामा हुँदा उनी प्रचण्ड-माधव समूहका प्रभावशाली नेताको रुपमा चर्चित थिए । नेकपाको विभाजनपछि लामो समय एमालेको माधव पक्षका हर्ताकर्ता भएर रहे । तर, निर्णायक घडीमा माधवको साथ छोडेर ओलीतिर फड्किएका उनी अहिले ‘घर न घाट’ को अवस्थामा पुगेका छन् भनिन्छ ।

अरुले गरेको राम्रो कामको श्रेय लिएर आफू स्थापित हुने कार्यशैलीका कारण रावल अहिले अक्करमा फसेको उनीहरुको बुझाइ छ ।

राजनीतिक विश्लेषण नमिलेकै कारण रावलले अहिलेको अवस्था भोग्नु परेको धेरैको बुझाइ छ । १० बुँदेको छहारीमा ओत लागेर राजनीतिक भविष्य चम्काउन रावलले गलत राजनीतिक विश्लेषण गरेको भन्नेहरु धेरै छन् । किनभने तात्कालीन माधव समूहमा कुनै पनि हालतमा केपी ओलीसंग एकता गर्नु हुँदैन भन्ने लाइनको नेतृत्व रावलले नै गरेका थिए । माधव नेपाललाई उचालेर पार्टी फुटसम्म पुर्याएको र अन्तिममा धोका दिएको आरोप पनि उनीमाथि छ ।

रावललाई चिन्नेहरू उनी नेता भन्दा बढी स्टुडेन्ट पोलिटिक्सको स्टन्टम्यान भएकाले सही विश्लेषण गर्न नसकेको दाबी गर्छन् । अरुले गरेको राम्रो कामको श्रेय लिएर आफू स्थापित हुने कार्यशैलीका कारण रावल अहिले अक्करमा फसेको उनीहरुको बुझाइ छ । पार्टी फुटको अपजसको भारी बोक्नुभन्दा आफूलाई एकताको पक्षमा उभ्याएर बनिबनाउ पार्टीको नेता बन्न सहज हुने विश्लेषणसहित रावलले १० बुँदे गरेको कुनै समय निकट रहेकाहरु नै बताउँछन् ।

त्यसो त,आलोचकहरु रावलले बार्गेनिङको राजनीति गरेर स्थापित भएको पनि भन्ने गर्छन् । कम्युनिष्ट आन्दोलनसम्बन्धी थेसिस गरेका रावललाई त्यसैले एकैचोटी माथि उठाएको कतिपयको बुझाइ छ । त्यसैको बलमा युएनको आकर्षक जागिरका लागि पार्टी छोडेर रावललाई कम्बोडिया जाने अवसर जुटेको पनि बताइन्छ ।

कुनैपनि हालतमा विघटन सदर हुने उनको दाबी विपरित त्यतिबेला प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो । अहिले पनि उनको विश्लेषण सही सावित हुन सकेन ।

झलनाथ खनाल पहिलो पटक मन्त्री भएपछि रावलले बार्गेनिङ गरेर नेपाल फर्किएको भन्नेहरु पनि छन् । चुनावमा अछामबाट टिकट पाउने खनालबाट सुनिश्चितता खोजेका उनी नेपाल फर्किएर खनालको सहयोगीका रुपमा काम गरेका थिए । पछि अछामको टिकट पाएर चुनाव जिते र मन्त्री पनि भए ।

त्यसयता पछिल्लो पार्टी विभाजनसम्म पनि रावलले पछि फर्केर हेर्नु परेको छैन । उपप्रधानमन्त्री,गृह,रक्षा र पर्यटन मन्त्रीको स्वाद चाखिसकेका रावलको राजनीतिमा अहिले भने ओरालो यात्रा शुरु भैसकेको देखिन्छ । आफ्नै हिसाब किताबमा फेल हुँदा उनी अहिले न ओलीका न माधवका भएका छन् । सही समयमा सही विश्लेषण गर्न नसके राजनीतिज्ञ आलोचित मात्र हुँदैन राजनीतिको प्रतिश्पर्धाबाट रिङ्ग आउट हुने सम्भावना पनि हुन्छ ।

टिप्पणीहरू