प्रहरीको विवरण अबदेखि नयाँ ढाँचामा

प्रहरीको विवरण अबदेखि नयाँ ढाँचामा

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको लागि वास्तविक तथ्यगत विवरण उल्लेख गर्न नयाँ ढाँचाको फर्म तयार पारेको छ । कार्यालयले उजुरीको सम्बन्धमा वास्तविक तथ्यगत विवरण उल्लेख गर्न नयाँ ढाँचा बनाएको हो ।

सो ढाँचामा प्रहरीले छानबिन गर्न कस्तो प्रक्रिया अवलम्बन गरिएको हो,बुझिएका लिखित तथा अन्य तथ्यगत प्रमाणहरु, बुझिएका व्यक्ति, साक्षी,आरोपित प्रहरी कर्मचारीहरुको भनाइ आदि उल्लेख गर्नुपर्ने हुन्छ ।

यस्तै छानबिनको क्रममा फेला परेका र पारिएका तथ्य र सूचनाको अध्ययन र बिश्लेषण बुँदागत रुपमा उल्लेख गर्ने तथा उजुरीका सम्बन्धमा भए, गरेका छानबिनको विवरण, कानूनी व्यवस्था तथा कानून, आचरण विपरीत देखिएका कार्यहरु समेत उल्लेख गर्नु पर्ने व्यवस्था समेत गरिएको छ । सो ढाँचामा कानून विपरीत देखिएका कार्यमा संलग्न प्रहरी कर्मचारीको विवरण भर्नु पर्ने छ ।

यसैगरी छानबिन समितिको राय, निष्कर्ष तथा सिफारिस र प्रदेश प्रहरी कार्यालयहरु र महानगरीय प्रहरी कार्यालयको राय, प्रतिक्रिया तथा सम्बन्धित गुनासो वा उजुरीलाई सम्बोधन गर्न दिइएको निर्देशन तथा कार्यान्वयनमा अपनाइएका गतिविधिहरु समेत नयाँ ढाँचामा लेख्नै पर्ने भएको छ ।

टिप्पणीहरू