सँसार फेर्न हिंडेका कमाण्डर आरनमै सेलाए

सँसार फेर्न हिंडेका कमाण्डर आरनमै सेलाए

माओवादी जनयुध्दका ब्रिगेड कमाण्डर मिलन अर्थात बिजयको उपचारका क्रममा अभाववीच मृत्यु भएको छ । आज सुगम सरोबर नामक फेसबुक एकाउन्टमा उनको मृत्यु भएको भन्दै श्रध्दान्जलि दिइएको छ ।

पोष्टमा कमाण्डरको कहाँ र कसरी मृत्यु भयो भन्नेबारे केही खुलाइएको छैन । बिजय जनयुध्दका एक कुशल प्राविधिक, साहसी कमाण्डर रहेको उक्त श्रध्दान्जलीमा उल्लेख छ । उनी दाङको बंगलाचुलीमा बसोबास गर्थे ।

उमेर,जोश,जाँगर अनि तातो रगत हुँदासम्म पार्टी र नेताको लागि निकै प्रिय बिजयले जनयुध्दबाट फर्किएपश्चात आरन पेशा गरेर गुजारा गरिरहेको बताइन्छ ।

टिप्पणीहरू