तोडफोड गर्दा पाँचथर अस्पतालमा क्षति, आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प

तोडफोड गर्दा पाँचथर अस्पतालमा क्षति, आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प

-लेखनाथ शिकारु

उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएकी वालिकाको निधनको घट्ना छानविनको माग गर्दै मृतकका आफन्तले तोडफोड गर्दा पाँचथर अस्पतालको भवनमा नराम्ररी क्षति पुगेको छ ।

ज्वरो आएपछि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका २ वस्दै आएकी फालेलुङ गाउँपालिका ८की ३ वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको मृत्युको विषयलाइ लिएर भड्कीएको समूहले वुधवारसाँझ ८ बजेदेखि निरन्तर प्रदर्र्शन गर्दै अस्पताल भवनमा इटा ढुंगा,फलामका टुक्रा र रड प्रहार गरेका थिए ।

ज्वरो आएपछि अघिल्लो दिन अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको वुधवार बिहान साढे ७ बजे चिकित्सकले सुइ लगाइदिनासाथ निधन भएको थियो ।

घट्नाको छानबिन विवरण सार्बजनिक गर्न र मृतकको परिवारलाई क्षतिपुर्ति माग गर्दै आफन्तहरुले अस्पताल परिषरमा दिनभर प्रदर्शन गरेपनि बार्ताको बहानामा अस्पताल र प्रशासनले झुलाएको भन्दै साँझपख स्थानीय तोडफोडमा उत्रेका थिए ।

अस्पताल तोडफोड गर्ने क्रममा प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गर्दै लखेट्ने प्रयासस समेत गरेको थियो । त्यसक्रममा ८ प्रहरी र केहि प्रदर्शनकारी घाइते भएका छन ।

तोडफोड हुँदा अस्पतालका झ्याल ढोका र फर्निचरमा क्षति पुगेको छ भने परिषरमा इटा सहितका फोहोर थुप्रिएका छन ।

स्वास्थकर्मीहरुले भने एनाफाइलाटिक सकका कारण किशोरीको निधन भएको बताएका छन । सुइ लगाउने क्रममा डराँउदा एनाफाइलाटिक सक हुने गरेको चिकित्सकहरु बताँउछन ।

यसैविच अस्पतालले आजदेखि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प पार्ने भएको छ । भौतिक संरचना तोडफोड गर्नुका साथै प्रदर्शनका क्रममा स्वास्थकर्मीमाथि भएको गाली गलौज र आदीले काम गर्ने अवस्था नभएको प्रमूख डाक्टर बुद्वीबहादुर थापाले बताए ।

प्रदर्शन भइरहँदा मध्यरातसम्म अस्पताल सहित सदरमुकाम फिदिम क्षेत्र तनाबग्रस्त बन्यो । प्रदर्शनकारी र प्रहरीविच ठाँउ ठाँउमा मुठभेट भएको थियो । प्रहरीलाइ हानिएका ढुंगा र प्रहरीले हानेको अश्रुग्यास सर्बसाधारणका घर भित्र पस्दा स्थानीय त्रसित भएका थिए ।

उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनामा मृतक बालिकाका आफन्तहरुले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अस्पतालमा भएको तोडफोडमा आफूहरुको कुनै सम्लग्ना नरहेको वताएका छन् ।

मृतक बालिकाका बढिबा (तुम्बा) रणबहादुर थाम्सुहाङ, छिमेकी फुपू गीता लिम्बु र आफन्त मञ्जिल तुम्बापोल विज्ञप्ति जारी गर्दै तोडफोडको घटनामा सम्लग्ना नरहेको वताएका छन् ।

बालिकाको निधनले आफूहरु मर्माहत भएको र प्रशासनसँग सम्वाद चलिरहेको जनाउँदै उनीहरुले तोडफोडको घटनाबाट ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहिबार प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाल ढकालको अध्यक्षतामा बसेको जिल्लाको सर्वपक्षिय बैठले मृतकका परिवारले शव वुझ्ने सहमती जुटाएको छ ।

फोटोः पाँचथर अस्पताल परिषरमा राति भएको क्षति पछिको अवस्था ।

टिप्पणीहरू