लुम्बिनीका प्रहरीमा विभेद भएन र हाकिम ?

लुम्बिनीका प्रहरीमा विभेद भएन र हाकिम ?

गृह मन्त्रालयले दरबन्दी जहाँ छ त्यहीँ पठाउने नीति बनाएकाे भएता पनि लुम्बिनी प्रदेश प्रहरीको स्थिति भिन्न छ । जसले धेरै दिन्छ उसैलाई सीमा तथा मालदार चाैकीमा काज सरुवा गर्न थालिएकाे छ ।

दशैँ,तिहार,छठजस्ता चाडपर्व नजिकिएसंगै सीमावर्ति जिल्लाहरुमा काज सरुवा गरिरहेकाे खबर छ । रुपन्देही,कपिलवस्तु,नवलपरासी, बाँके र दाङकाे सीमावर्ति चाैकीमा छ महिनाभन्दा बढी काज बसेकालाई झिक्दै नयाँ पठाईएकाे छ । कब्जा जमाएर बसिरहेकाहरु प्युठान,रुकुम,राेल्पा,अर्घाखाँची, गुल्मी,पाल्पातिर जाने क्रम पनि शुरु भएकाे छ ।

असइ श्यामसिंह चाैधरी १५ बर्षदेखि कपिलवस्तुकाे घुमुवा छन् । दरबन्दी खैरेनी रुपन्देही हाे । अंशु बिककाे दरवन्दी वडा प्रहरी कार्यालय पाेखरा भएता पनि कपिलस्तुको वडामा छन् ।

तिजु यादवकाे दरबन्दी राेल्पा हाे तर कपिलवस्तुमा अड्डा जमाएका छन् । डिल्लीबहादुर यादवकाे मुकाम सिर्पा राेल्पा हाे तर उनी पनि कपिलवस्तुमै छन् ।

टिप्पणीहरू