दशैंमा घर जानेलाई भाडा बढ्यो

दशैंमा घर जानेलाई भाडा बढ्यो

दशैं र तिहारलाई लक्ष्यित गरेर भोलिदेखि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिड खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा हालै भएको विभाग,ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुको संयुक्त बैठकले असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ्ग खोल्ने निर्णय गरेको हो ।

गतवर्ष कोरोनाको कारण घर जाने यात्रु संख्या कम भएकाले यातायात व्यवसायीहरुले यो वर्ष पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्न आनाकानी गरेका थिए । रोजगारी, पढाइ र व्यापार व्यवसायको सिलसिलामा उपत्यका बाहिरका झण्डै ३० लाख सर्वसाधारण राजधानीमा बसोबास गर्छन् । हरेक वर्षको दशैंमा त्यसमध्ये झण्डै २५ लाखले उपत्यका छाड्ने गरेको अनुमान गरिन्छ ।

यो वर्ष पनि कोरोना महामारीको जोखिम रहेकाले ठ्याक्कै यति नै यात्रुले उपत्यका छोड्न सक्छन् भनेर अनुमान लगाउन नसकिने यातायात व्यवसायीहरु बताउँछन् । तर, दशैं मनाउन उपत्यका छाड्ने क्रम भने शुरु भइसकेको छ ।

दशैं,तिहारको लागि उपत्यका छाडेर घर जाने अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर बमोजिमको रकम तिर्नुपर्ने भएको छ । सरकारले गत असारदेखि अन्तरप्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत,पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडामा २६ प्रतिशतले बृद्धि गरेको थियो ।

अब भोलिदेखि त्यहीअनुसारको भाडा लिइने यातायात व्यवसायीहरुले बताएका छन् । त्यसको लागि यात्रुले अनुमान गरेभन्दा २८ प्रतिशत बढी भाडा रकम बोकेर काउण्टरमा जानुपर्ने भएको छ ।

[pdf-embedder url=”https://appharuspace.fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/09/26171025/Bhadadar%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AE-%E0%A5%A6%E0%A5%A9-%E0%A5%A8%E0%A5%AF%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%AD%E0%A4%BE%E0%A4%A1%E0%A4%BE%E0%A4%A6%E0%A4%B02021-07-15_05-19-41-275.pdf” title=”Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-19-41-275″]

टिप्पणीहरू