सुदूरपश्चिमबाट आएको बसभरि बेवारिसे मोबाइल

सुदूरपश्चिमबाट आएको बसभरि बेवारिसे मोबाइल

महेन्द्रनगरबाट काठमाडौतर्फ आउँदै गरेको ना. ८ ख ७६७२ नम्बरको यात्रुबाहक बसमा ५७ थान मोबाइल फेला परेको छ । भन्सार छलेर ल्याइएका ती मोबाइलको धनी फेला परेको छैन ।

बिल भरपाइसमेत नभएको तर पुरानो जस्तो देखिने मोबाइल बस चेक जाँच गर्ने क्रममा फेला परेको बताइन्छ । काठमाडौंको नागढुंगामा बरामद भएकामध्ये ५ थान आइफोन, ४ थान वन प्लस, १६ थान सामसुङ, १७ थान भिभो, ७ थान ओप्पो र ८ थान रेड मी गरी कूल ११ लाख ३० हजार रुपैयाँ बराबरको मोबाइल सेट बरामद भएको हो ।

ती मोबाइललाई प्रहरी वृत्त थानकोटवाट आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, काठमाडौं पठाइएको छ ।

टिप्पणीहरू