सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । अहिले साँझ ५ बजे बैठक बोलाइएको हो । बैठकमा मन्त्रिपरिषद् विस्तारबारे थप छलफल हुने बताइएको छ ।

यसबारे हिजोको बैठकमा समेत सबिस्तार छलफल भएको थियो । प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएको साढे दुई महिना बितेको छ । आज एक जना मन्त्री थपेपछि जम्मा ७ जनाको मन्त्रीमण्डल बनेको हो ।

यता, पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज दिउँसो बसेको छ । सम्भवतः आफ्नो कोटाको मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराउन माओवादीले स्थायी समितिको बैठक बोलाएको आँकलन गरिएको छ ।

टिप्पणीहरू