आफ्ना नेताको आची पनि ओहो बास्नादार ?

 धनराज गुरुङ, कांग्रेस सांसद

धनराज गुरुङ नेपाली कांग्रेसका त्यस्ता सांसद हुन्, जो विरोधीका विरुद्धमात्र हैन, आफ्ना नेता र पार्टीमा विकसित प्रबृत्तिविरुद्ध बोल्न डराउँदैनन् । ०३६ सालदेखि राजनीतिमा लागेका उनी ०५३ मा नेविसंघ सभापति, ०५४ मा तरुण दलका महामन्त्रीहुँदै स्याङ्जा कांग्रेसका विभिन्न पदमा उनी सक्रिय छन् । समानुपातिकतर्फका सांसद हुन् । उनी संसदको लेखा समितिका सदस्य हुन् । एनसेलको बहुचर्चित कर घोटाला प्रकरणदेखि अहिले आयल निगमबाट भइरहेको जग्गा खरिद प्रकरणसम्म उनले पार्टी नेताको निर्देशनविपरित भ्रष्टाचारको विरोध गर्दै आएका छन् । प्रदेश नं. ५ विभाजन गर्ने गरी सत्तापक्षले ल्याएको संविधान संशोधनको विरुद्धमा संशोधन प्रस्ताव दर्ता गर्नेमा उनी सबभन्दा सक्रिय सत्तापक्षीय सांसद थिए । यसबाहेकका राष्ट्रिय राजनीतिमा देखा परेका हरेक विषयमा पार्टीको बन्धनबाट मुक्त हुँदै उनले आफ्ना अभिव्यक्ति निर्वाध पेश गर्ने गरेका छन् । ४५ वर्ष उमेर काटेका उनको जोशचाहिँ नेविसंघ र तरुण दलमा काम गर्दाझैँ देखिन्छ । 

० कांग्रेसका १९ सांसदले भ्रष्टाचार गर्नेले पनि चुनाब लड्न पाउनुपर्ने कुरा उठाएका छन् । कत्तिको जायज कुरा हो ?  

– एकदमै नाजायज । मैले सार्वजनिक रुपमै आह्वान गरेको छु कि, उहाँहरुले त्यो प्रस्ताव फिर्ता लिनैपर्छ । यसबारे मैले नेताहरुसँग कुरा गरिसकेको छु । उहाँहरुले यस्तो नकाम गर्नुहुँदैन । मुलुकको हित र सिंगो  राजनीतिमै भ्रष्टीकरण हुन्छ, यो पास भयो भने । राजनीति नै भ्रष्टीकरण भएपछि के का लागि राजनीति गर्ने ? हामीले राजनीति गर्ने  देश र जनताको लागि हो ।  जब देश नै भ्रष्टहरुले चलाउँछन् भने देशको अवस्था कस्तो हुन्छ ? त्यसकारण यो एकदमै गलत छ । फिर्ता लिनैपर्छ । 

० ती १९ भाइ कतैबाट परिचालित पो हुन् कि ? 

– कोही स्वविकेक, कोही परिचालित † राधेश्याम अधिकारीको एउटा आलेख पढेँ । उहाँले ‘मैले राख्दिएको मात्र हो, पारित गराउनका लागि लागिपरेको छैन’ भन्नुभएको छ । ‘रजगज’ किताब विमोचनमा पनि त्यही शव्द दोहो¥याउनु भयो । मेरो प्रश्न के हो भने, पारित गराउन लागि पर्नुभएको छैन भने किन संशोधन हाल्या ? फिर्ता लिन फेरि कसले रोक्यो ? उहाँको कुरा सुन्दा स्वविवेकले हाल्याजस्तो, केही मान्यका अनुहार हेर्दा कतैबाट, कुनै शक्तिबाट परिचालितजस्तो † तर, यहाँ त मान्यले जनताका लागि सोच्नुपर्ने हो नि † उहाँहरुले यो फिर्ता लिनुभएन भने जनताले माफी दिँदैनन् । यो देशकै हितविपरितको कुरा हो । यसले कांग्रेस पार्टीलाई अझै क्षतविक्षत बनाउँछ । भ्रष्टलाई बोक्नु साह्रै नराम्रो एजेण्डा हो । यसले सिंगो पार्टीलाई नै कहिँ न कहिँ हानी पु¥याइरहेको छ । फिर्ता लिनुको विकल्प छैन । 

० प्रधानमन्त्रीले भारत पुगेर मोदीसँग संविधान संशोधन गर्न नसकेकोमा क्षमा माग्नुभयो । ठीक गर्नुभयो त ?

– संविधान संशोधन नभएको कुरालाई उहाँले जसरी संयुक्त प्रेस वक्तव्यको क्रममा राख्नुभयो, त्यो एकदमै गलत हो । एउटा सार्वभौम देशको प्रधानमन्त्रीले आफ्नो देशको संसदमा भएका आन्तरिक विषयमा छिमेकी देशको प्रधानमन्त्रीसँग त्यस्तो कुरा गर्दैन, गर्न मिल्दैन । केपी ओली प्रधानमन्त्री हँुदा पनि त्यस्तो भएको थियो । तत्कालीन उपप्रधानमन्त्री कमल थापालाई तीन बुँदा लेखेर संशोधनका लागि दिल्ली पठाइएको छ । सत्यलाई सत्य, गलतलाई गलत नै भन्नुपर्छ । त्यो बेला पनि संशोधनका तीन बुँदा देखाउन दिल्ली पठाइएको हो † म अहिले शेरबहादुरजीले गल्ती गर्नुभएन भन्दिनँ, तर उतिबेला केपीजीले पनि गरेको त गलत नै हो नि † जसले गरे पनि यस्ता कुरा गलतै हुन्छन् । आफ्नो नेताले आची गरेपनि ‘ओऽऽहो–हो’ कस्तो बास्नादार’ भन्ने ,अरुको पार्टीको नेताले ग¥यो भने नकारात्मक सोच राख्ने, यो गलत मनोबृत्ति हो । त्यसैले विगतको तीन बुँदा पनि गलत † अहिलेका प्रधानमन्त्रीले संविधान संशोधन समयमै गर्न सकिएन भन्नु पनि गलत । 

० कांग्रेसको कावा सभापति दिने कुरा पनि गलत ?

– कार्यवाहक छोड्ने विषय विधानबमोजिम उपसभापतिलाई दिनुपर्ने हो । उपसभापति नभएको समयमा रोलक्रम हेरेर जो सिनियर छ, उसैलाइ दिनुपर्छ । तर, उहाँले त्यसो नगरी विमलेन्द्र निधीलाई दिएर जानुभयो । यो पद्धतिको खिलाफमा छ । जोसुकै सभापतिले गरेपनि यो विधि, विधानको खिलाफमै छ । कि त, उहाँले उपसभापति बनाइसक्नु पथ्र्यो । पार्टी चलाउने कुरा जब गलत हुन्छ भने देश चलाउने विषय पनि गलत नै हुन्छ । पार्टीकै नेताले देश चलाउने हो । त्यस्तो हुँदा पूरै काम नै गलत हुने गर्छ । 

० जग्गा खरिद प्रकरणमा नेपाल आयल निगमको कार्यकारी अध्यक्षलाई कारबाही नगर्ने भनेर तापाईंहरुलाई दबाब छ रे । हो ?

– अहिले त यो केशमा मलाई फोन आएको छैन । अरु–अरु कुरामा निकै फोन आएको हो । म लेखा समितिमा बस्दै गर्दा कुनै–कुनै नेतासँग त बोलिचालिसमेत बन्द भएको छ । म देखेको कुरा बोलिहाल्ने गर्छु । यसो गर्दा कतिपय नेताको मुखमै आएको आहारा पनि चुँडिने गरेको छ । त्यहाँबाट निर्णय गरेर पठाइसकेपछि उहाँहरुलाई गाह्रो हुने रहेछ । तर, आयल निगमको विषयमा दबाब नआएपनि आलटाल भने भएकै हो । अहिले एकदमै जघन्य अपराध हुने गरी भ्रष्टाचार भएको छ । यति धेरै भ्रष्टाचार भएको छ कि, त्यो एक अर्बभन्दा बढी छ । यसमा ठूला–ठूला नेता पनि संलग्न भएको कुरा छ । फेरि यो भ्रष्टाचार सतहमा देख्ने गरी भएको छ । किनभने, जग्गा धनीले कठ्ठाको दुई–तीन लाखका दरले पाएका छन् । आयल निगमले चाहिँ प्रतिकठ्ठा १०–११ लाखमा किनेको विवरण दिएको छ । १३ लाखसम्म हालेको छ । फेरि सीधै वारेसनामा लिएर पास गराइएको छ । यो सीधै भ्रष्टाचार हो । 

० आपूर्ति मन्त्री ‘यूटर्न’ हुनुको खास कारण के होला ? 

– उहाँको घरमा लड्डु पुग्यो होला नि † त्यो भ्रष्टाचार गरेको लड्डु उहाँले खाइसक्नुभयो होला नि † नत्र, लेखा समितिमा ‘कारबाही गर्छु–गर्छु’ भन्ने, अनि १५ दिन नबित्दै ‘होइन, यो भएको छैन’ भन्न मिल्छ ? जबकि जग्गाधनी आफैँले भन्ने गरेका छन् कि, हामीले आयल निगममा भएको कागजी रकम पाएका छैनौँ । यसरी सीधै भ्रष्टाचार भएको देखिन्छ । 

० सबै चूप हुनुको कारण के हो ? 

– मैले बुझ्न नसकेको कुरा, अरु सांसदले संसदको बैठक पनि किन अबरुद्ध नगरेको हो, कुन्नी ? प्रतिपक्षले अबरोध गरिरिदए हुन्थ्यो । त्यो पनि भएको छैन । मन्त्रीजी सबै सांसदहरुको घर घरमा पुुगेका त छैनन् होला नि † अख्तियार पनि मौन छ । अख्तियारमा उहाँका मान्छेहरु छन् र छानबिन गर्न आलटाल भएको हो भने हामी अख्तियारलाई लेखा समितिमै बोलाउँछौ । लोकमानको भविष्य के भयो, प्यारेलाल सरकार चलाउँदा ? हामी निर्धक्कका साथ लोकमानलाई सामना ग¥यौँ र त्यसमा सफल भयौँ पनि । हामीले मुलुकका लागि राजनीति गरेका हौँ । भ्रष्टाचारका विरुद्ध आफूले किन कुरा नउठाउने भन्ने मूख्य कुरा हो । कसैले मार्छ भन्ने डर छैन । कसैले मार्छ भनेर कुरै नगर्नी भन्ने हामी हैनम् । जन्मेपछि मर्नु नै पर्छ । कसैले धम्की दिँदैमा डराउँदैनम् । भ्रष्टाचार गर्ने विरुद्ध सधैं कुरा उठाइरहन्छु । भ्रष्टाचारीलाई नाङ्ेझार पार्छु । जनताको लागि जन्मेको हुँ, जनताकै सेवामा समर्पित हुन्छु । 

० सरकार विस्तारका कारण प्रधानमन्त्री आलेचित हुनुहुन्छ । यसको कारण के हो ?

– साथीहरु किन राज्यमन्त्री खान लालयित भएका हुन्, मैले बुझ्न सकिनँ । ६ महिना काम गरेर देखाउने हो । झण्डा हल्लाएरमात्र त के हुन्छ र ? मलाई त घीन लागिसक्यो, साथीहरु झण्डा हल्लाउन ग्वारग्वार्ती दौडेको देख्दा † अचम्मै परेको छु † उडेरै झम्टिन आएजस्तो † त्यस्तो पनि हुन्छ राजनीति † छ्या–छ्या † अझै लाइन लागेर नेताको घरमा फारम भर्न जाने ? कस्तो है, अलिअलि लाज त हुनुपर्छ नि † फुलमन्त्री मात्रै बनाइदिएको भए २५÷३० जनासम्म हुन्थे । त्यसको सन्देश पनि राम्रै जान्थ्यो । यो देश त के भयो के ? जुन प्रधानमन्त्री आएपनि जम्बो मन्त्रिमण्डल † केपी ओलीले आधा दर्जन उपप्रधानमन्त्री बनाउनुभयो । अहिले हाफ सेञ्चुरी हुँदा पनि टिकट मागिरहेका छन् । गरिब मुलुकमा यत्रो मन्त्रिपरिषद् बनाउनु न्ययोचित होइन । यो भत्ता र पदको लागि मात्रै हो, कामका लागि होइन । कांग्रेसबाट पहिले जति मन्त्री भएका थिए त्यत्तिमै सिमित राख्नुपथ्र्यो । किन राज्यमन्त्री थप्नु प¥यो ? केपी ओली को पालामा तीन करोड सकियो । 

० यहाँलाई मन्त्रीको अफर आएन ?

– अफर नआएको होइन । तर, मैले राज्यमन्त्री चाहिएन भनेँ । काम गर्न पो जाने हो, झण्डा हल्लाउन किन जानु ? मन्त्री बन्नलाई चाकडी गर्नुपर्ने रहेछ । त्यसमा म सफल भइनँ । बनाए काम गर्छु, नबनाए पनि मेरो राजनीतिक उचाई घट्दैन भनेँ । अहिले एउटा मन्त्रीलाई अर्को मन्त्रीले नचिन्ने अवस्थामा म नगएकै ठीकजस्तो लाग्दैछ । 

० न्यायाधीश, आइजिपीजस्ता तटस्थ पदमा हस्तक्षेप भएकोमा के भन्नुहुन्छ ? 

– यो नाजायज छ । यसबारे मैले केन्द्रीय समितिमा बोलेँ । प्रधानन्यायाधीशविरुद्ध किन महाभियोग लगाइयो ? त्यसको पुष्ट्याइँ पनि गर्न नसक्ने, अनि लगाइसकेको महाभियोग किन फिर्ता भयो ? जवाफै छैन ।

० अहिले माओवादीसँग नमिली चल्नै नसक्ने भएको हो ?

– नेताहरुको मन स्थीर हुन सकेन । बुद्धि पु¥याएको भए भरतपुरमा कम्युनिष्टहरुको ट्याङ्गुलर पथ्र्यो र नतिजा कांग्रेसको हुन्थ्यो । जित्ने ठाउँमा दान दिन हुन्थ्यो । यस्तो चुनावमा कम्युनिष्टहरुसँग मिल्नु भनेको कांग्रेसका लागि हानिकारक हो । कतिपय ठाउँमा मिलेकोमा अर्कैले जितेका उदाहरण छन् । हाम्रो नेताहरु पनि अन्य रुपमा भन्दा मानसिक रुपमा कमजोर देखियो । अहिले पनि मलाई लाग्छ कि, बरु नमिलेको भए अलि बढी जित्ने थियौँ । अर्को कुरा, कांग्रेसभित्र पनि ‘कांग्रेस हराऊ अभियान’ चल्यो । त्यसलाई पो रोक्ने हो त † वीपीले पूर्वअध्यक्ष मातृकालाई २००९ सालमा कारबाही गरिदिनुभयो, संस्थापक सभापति टंकप्रसाद आचार्यलाइ २०१३ सालमा कारबाही गर्नुभयो । दुई–दुईजना पूर्वसभापतिलाई कारबाही गरेको दुई वर्षमै २०१५ सालमा कांग्रेसले दुुई तिहाइ बहुमत ल्यायो । त्यसैले पार्टीलाई अनुशासनको दायरामा ल्याउने हो । अर्को पार्टीसँग घाँटी जोडेर चुनाव लड्ने, अनि एक–अर्कालाई हराउन लागेपछि पनि जितिन्छ ? आफ्नो पार्टीभित्र घात–अन्तर्घात हुन नदिने हो भने अहिले पनि कांग्रेस एक्लै लड्नुपर्छ । मलाई लाग्छ, अहिले हुन गइरहेको बाँकी चुनावमा हाम्रो तालमेल हँुदैन । एक्लै लड्नुपर्छ । आफ्नो तागतलाई कांग्रेसले ‘अण्डरइस्टिमेट’ गर्नुहुँदैन । पहिलाजस्तै बिग्रिन्छ । तीन खुट्टा बाँधेर जितिदैँन । यसैको परिणाम हो, गत चुनावको रिजल्ट । 

० स्थानीय तह, प्रदेशको निर्वाचनमा कांग्रेसको पोजिसन के हुने देख्नुहु्न्छ ?

– कांग्रेसले राष्ट्रियस्तरमा जुन–जुन गल्तीहरु गरेको छ, त्यसलाई सुधार्दै अघि बढ््नुपर्छ । हामीले गल्ती गर्नुहँुदैन । कांग्रेसको रणनीति राम्रो छ । तर, कांग्रेसी नेताहरुले गरेको व्यवहार राष्ट्रियस्तरमा गरेको कामहरुले कांग्रेसलाई अलिकति असर गरेको छ । त्यति साह्रो नराम्रो त अहिले पनि छैन । तर, हाम्रा नेताले हुने नहुने बोल्ने, हुने नहुने कुराले कांग्रेसलाई असर गरेको छ । भ्रष्टाचारीलाइ चुनावमा लड्न दिन पाउनुपर्छ भन्ने पनि हो त, यस्तो चुनावको मुखमा ? हेत्तेरिका † मलाई त कहिलेकाँही त आजितै लाग्ने † आफूलाई पनि घीन लाग्ने कुराहरु † त्यसैले, प्रभु यस्तो कुरा नउठाइदिनु भनिरहेको छु । त्यसो हो भने राम्रै परिणाम आउँछ । हामीले अध्ययन पनि ग¥यौँ । हामीलाई हाम्रैले ३०÷३५ ठाउँमा हराए । 

० नेतृत्वले तपाईहरुको कुरा कतिको सुन्ने गर्दछ ?

– पार्टी नेतृत्वलाइ धेरै भन्नुपर्छ । तर, उहाँहरुले नसक्ने हो भने सक्दिनँ भन्नुप¥यो । घीनलाग्दो राजनिति गरेर हँुदैन । युवालाई मिलाएर लैजान सक्नुपर्छ । हक्की स्वभावका साथीहरु हुनुहुन्छ । देश र जनताका लागि राजनिति गर्ने हो भने त पार्टी भन्दा माथि उठेर गर्नुपर्छ । खेल खेलेर राजनिति गरेर, देश बिगार्न भएन नि † त्यसकारण अहिलेको अवस्था भनेको पुरानो अवस्था धर्मराएको अवस्था हो । त्यसबाट अगाडि बढ्नुपर्छ । अब हाम्रो कुरा, कि पार्टीलाइ सुन्न बाध्य हुनुपर्छ । यदि नसुन्ने हो भने पार्टी, ठाउँ छोड्नुको विकल्प छैन । नेपाली राजनीतिलाई त्यतातिर लाग्नुपर्छ । तथापि, भ्रष्टाचारविरुद्ध आम नागरिक, नेता लागिपरेका छन् । 

टिप्पणीहरू