​अन्धामाथि अश्लीलताको अभियोग

नाबालिक केटाकेटी संलग्न अश्लिल चलचित्र हेरेको अपराधमा एक अन्धा पक्राउ परेका छन् । बेलायतको लान्काशायर प्रहरीले ४४ वर्षीय एन्ड्रयु शाको घरबाट ७१ थान अश्लिल चलचित्रको चक्का बरामद गरेको थियो र तीमध्येका १२ वटा नाबालगिहरुको थियो । अन्धी पत्नीसँग अदालतमा उपस्थित भएका शाले आफ्नो एउटा आँखा पूर्णतः नदेख्ने र दोस्रो पनि नदेख्ने अवस्थामा पुगिसकेको बताए । उनको तर्क थियो, ‘मलाई त लागेको, मेरा अगाडि १६ वर्षका केटाकेटी मैथुनरत छन् र उनीहरुकै स्वर सुन्दै छु ।’

टिप्पणीहरू