चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’

चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’

चीनको उत्तरपूर्वी भेगमा बाक्लो हिमपात भएको छ । हिउँदको तीन महिनामा विशेषगरी उत्तरपूर्वी हेइलोङचियाङ प्रान्तमा हिउँ मेला लाग्ने गर्छ । त्यसमा पनि सबैभन्दा धेरै सोही प्रान्तको हारपिन शहरमा हिउँका विभिन्न कला प्रस्तुत गरिन्छ । 

आफ्नो कला प्रस्तुत गर्न अहिले चीन र विदेशका धेरै कलाकारहरु हारपिन शहर पुगेको बताइन्छ । सोही क्रममा त्यहाँ १८ मीटर अग्लो विशाल ‘हिउँ मान्छे’ बनाइएको छ । निकै आकर्षक उक्त हिउँ कलालाई चिनियाँ समाचार समिति सिन्ह्वाले भिडियोसहित सम्प्रेषण गरेको छ । विशाल उक्त हिउँ मूर्ति बनाउन दुई हजार क्युबिक मीटर हिउँ प्रयोग भएको छ । 

अहिले सोही मूर्ति चीन र हारपिन शहरमा इन्टरनेट सेलेब्रिटी बनेको छ । सामाजिक सञ्जालमा हिउँ मान्छेको हँसिलो अनुहारको धेरैले प्रशंसा गरेका छन् ।

 

टिप्पणीहरू