​भ्रष्टाचारीको पक्षमा

भ्रष्टाचारीलाई पनि चुनाव लड्न दिने कि नदिने भन्ने विवादका कारण निर्वाचनसम्बन्धी एउटा कानुन संसद्मै अड्केको छ । नजिक आइरहेको चुनावमा भ्रष्टाचारीलाई लड्न नदिने व्यवस्था थियो । अब त्यो खारेज गर्नुप¥यो भन्ने माग उठिरहेको छ । माग उठाउने पनि अरू कोही होइन, स्वयं कांग्रेस । कांग्रेसको स्पष्ट माग छ, भ्रष्टाचारी भन्दैमा कसैलाई भेदभाव गर्न पाइँदैन । लोकतन्त्रमा सबै बराबर हुन्छ । कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाले एकपटक भन्नुभएको थियो– प्रजातन्त्रमा सबैको जित हुन्छ ।<br /> <br /> राजाको पनि जित हुन्छ । यद्यपि, यसो भनेबापत उहाँले जनताको हुटिङ खानुपरेको थियो । तर, उहाँले हुटिङ खाए पनि उहाँको पार्टी कांग्रेस भने यो आदर्शबाट विमुख भएको छैन । कांग्रेसको सिद्धान्त अझै त्यही छ, लोकतन्त्रमा सबै बराबर हुन्छ । भ्रष्टाचारी पनि बराबर हुन्छ । त्यसैले कांग्रेस चाहन्छ, भ्रष्टाचारीले पनि चुनाव लड्न पाउन् । <br /> <br /> कांग्रेसले यस्तो चाहना गर्नुको अर्को पनि कारण छ । त्यो के भने यदि भ्रष्टाचारीलाई चुनावमा लड्नै नदिने हो भने कांग्रेसबाट चुनाव लड्ने त कोही पनि हुँदैन । त्यस्तो अवस्थामा कांग्रेसले उम्मेदवारै पाउन सक्दैन । अनि के गर्ने ? मैदान अरूलाई छोडेर आफू मुग्लान पस्ने ? 

टिप्पणीहरू