नयाँ शक्तिको शक्ति खै ?

नयाँ शक्ति र संसफोको एकता एकाएक रोकिएको छ । संसफोसँग एकीकरण गरी ठूलो शक्ति बन्ने नयाँ शक्तिको योजना थियो । तर त्यो अब रोकियो । वास्तवमा हालै सम्पन्न स्थानीय तहको चुनाव जो छ, त्यसमा देखियो कसको कति शक्ति छ ।

नयाँ शक्तिसँग नयाँ मात्र बाँकी छ, शक्तिचाहिँ गायब भइसक्यो भन्ने कुरा पनि यही चुनावबाट थाहा भयो । स्थानीय चुनावमा नयाँ शक्तिको शक्ति कहीं पनि देखिएन । जुन पार्टीसँग शक्ति नै छैन त्यसलाई कसरी नयाँ अथवा पुरानो शक्ति भन्ने ? शक्ति नै नभएको कारणले ‘नयाँ शक्ति’ लाई नयाँ शक्ति पनि भन्नुभएन । केवल ‘नयाँ’ मात्रै भन्नुप¥यो । अब त्यो ‘नयाँ’ के हो जसले जस्तो अर्थ लगाए पनि भइहाल्यो । नयाँ जोगी भने पनि भयो, नयाँ पण्डा भने पनि भयो, नयाँ नेता भने पनि भयो । जे भने पनि भयो ।

आफूसँग नभएको शक्ति जो छ त्यही ग्रहण गर्नाका लागि नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग एकीकरणको कुरा ल्याएको हुनु पर्छ । तर स्थिति कस्तो देखा प¥यो भने फोरमसँग एकीकरण हुनेबित्तिकै नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईको शक्तिचाहिँ खत्तम हुने रहेछ । शक्ति जम्मै उपेन्द्र यादवको हातमा जाने रहेछ । जुन एकीकरण गर्दा आफूसँग भएको शक्ति पनि गुम्छ भने त्यस्तो एकीकरण नयाँ शक्तिले किन गर्छ ? मुख्य कुरो त यो हो नि, होइन र ?

टिप्पणीहरू