सँखुवासभाको सामुहिक हत्या प्रकरण:‘गरिब भनेर हेप्ने ? लौ जा त मारिदिएँ’

सँखुवासभाको सामुहिक हत्या प्रकरण:‘गरिब भनेर हेप्ने ? लौ जा त मारिदिएँ’

संखुवासभामा सामुहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले हिजो साँझ समातेको छ । मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्रेको हो ।

घटनास्थलबाट मुश्किलले १ सय मीटरको दूरीमा रहेका र हिजो पक्राउ परेका छिमेकीले आफूलाई तेजबहादुर कार्कीले सँधै हेप्ने गरेकाले परिवार नै सखाप बनाएको बताएका छन् ।

गाउँमै बस्दै र खेतीपाती गर्दै आएका उनले, ‘विदेश गएर दुई छोरोले कमाएको फूर्ति लगाउने र कहिलेकाँही तेजबहादुरले यातना समेत दिने गरेकाले मारिदिएको’ बयान दिएको बताइन्छ ।

हत्या आरोपीको भनाइ छ, ‘आर्थिक रुपमा कमजोर भएकाले मलाई हेप्यो । उसले छोरो विदेश गएकाले कमाएको तर गाउँमा खेतीपाती गर्ने आफूले नकमाएको भनेर सँधै हेप्थ्यो । त्यसैले सिध्याइदिएँ ।’

गाउँलेका अनुसार कार्की परिवारको नातेदार समेत रहेका आरोपीले परिवारका सबैलाई सोमबार बिहान साढे ५ बजे मारेको समेत बताएका छन् ।

घटनामा परिवारका सदस्य तेजबहादुर कार्की उनकी आमा पार्वता कार्की,श्रीमती मनमाया कार्की,बुहारी रञ्जना कार्की,नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।

शुरुको दिनदेखि नै निगरानीमा रहेकाले उनलाई हिजो साँझदेखि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।

टिप्पणीहरू