नयाँ महानगर

विराटनगर पनि अहिले पूरै धुलो र धुवाँले भरिपूर्ण हुन लागेको रहेछ । बाटोभरि फोहोरै फोहोर, आकाशभरि धुवैँ धुवाँ । अहिले विराटनगरको नयाँ पहिचान बनेको छ । पहिले पहिले गिरिजाबाबु कुनै नयाँ कुरा घोषणा गर्नुप¥यो कि विराटनगर जाने गर्नुहुन्थ्यो । तर अहिले उहाँ हुनुहुन्न । त्यसैले विराटनगर पनि छ जस्तो लाग्दैन । गिरिजाबाबुले विराटनगरको ‘विराट’ पनि आफूसँगै लिएर जानुभए जस्तो लाग्छ । 

अहिले विराटनगरमा केही छ भने यही धुवाँ र धूलो मात्रै छ । केही समयअघि मात्रै विराटनगर महानगर घोषणा भएको थियो । शायद त्यही भएर पनि धुवाँ र धूलो बढेको हुनुपर्छ । महानगर भनेपछि अलिकति महानगरको शैली पनि त हुनुप¥यो नि । धुवाँ, धूलो, ढल, नाली, फोहोर, दुर्गन्ध, प्रदुषण नहुने हो भने कसरी महानगर हुन्छ ? महानगर बन्न नभई नहुने तत्वहरू हुन् यी सबै । यिनीहरू भएनन् भने महानगर पनि हुँदैन । अब आफूलाई महानगरवासी भनाउने अनि धुवाँ–धूलो बढ्यो भनेर पनि कराउने ? विराटनगर भर्खरै त महानगर बनेको छ । अब हेर्दै जानोस्, महानगरवासी बन्न कति दुःख व्यहोर्नुपर्छ !

टिप्पणीहरू