भत्ताकार्ड नवीकरण नगरे भत्ता चट्, भदौभित्र गर्न आग्रह

भत्ताकार्ड नवीकरण नगरे भत्ता चट्, भदौभित्र गर्न आग्रह

ललितपुर महानगरपालिका वडा नं १८ ले सामाजिक सुरक्षा भत्ता खाईपाई आएका लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ताकार्ड नवीकरण नगरे चालु आर्थिक वर्षमा भत्ता नपाउने जनाएको छ ।

वडा कार्यलयले जारी गरेको सूचनामा आर्थिक वर्ष २०७८/७९ का लागि अझै पनि केही लाभग्राहीले कार्ड नवीकरण नगरेकाले भदौ मसान्तसम्म नवीकरण नगराए भत्ता नपाउने जानकारी गराएको छ ।

वडाले नवीकरणको निम्ति आफू स्वयम् आउन नसक्ने भएमा एकाघर परिवारका सदस्य कार्यालयमा उपस्थित भई सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गराउन सकिने समेत जानकारी गराएको छ ।

उक्त कार्यको लागि सामाजिक सुरक्षा भत्ताको कार्ड र पासपोर्ट साइजको फोटो १ थान अनिवार्य आवश्यक रहेको जनाइएको छ ।

टिप्पणीहरू