माधव नेपालतिर कति खुले जनप्रतिनिधि ?

माधव नेपालतिर कति खुले जनप्रतिनिधि ?

नेकपा एमाले अध्यक्ष केपी ओलीको पेलानमा परेपछि पार्टी फुटाएर माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा देशभरबाट ५४ जना सांसद र ९२८ जना जनप्रतिनिधिले माधव पक्ष रोजेका छन् ।

निर्वाचन आयोगले दिएको भदौ २२ सम्म सांसद तथा जनप्रतिनिधिलाई एमाले वा नेकपा एसमध्ये एक दल रोज्न समय सीमा तोकेकोमा सो समयभित्र ५४ सांसद र ९२८ जनप्रतिनिधिले माधव पक्षको नेकपा समाजवादी रोजेका हुन् ।

तथ्यांकअनुसार,सुदूरपश्चिम र प्रदेश नम्बर २ मा नेकपा एमालेभन्दा नेकपा समाजवादी ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नै नेकपा समाजवादी बनेको छ । त्यहाँ नेकपा समाजवादीका पक्षधर १४ जना छन् भने एमाले ११ सांसदमा खुम्चिएको छ । यस्तै प्रदेश नम्बर दुईमा नेकपा एमालेभन्दा नेकपा (एस) ठूलो दल बनेको छ । १३ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एस) रोज्दा एमालेसँग ८ जना मात्र प्रदेशसभा सांसद रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा एकीकृत समाजवादीतर्फ १० जना खुलेका छन् । ओली खेमासँग ४१ जना सांसद छन् ।

बाग्मती प्रदेशमा अन्तिम समयसम्ममा १३ जना प्रदेश सभा सदस्यले सनाखत गरेका छन् । त्यहाँ ओली खेमासँग ४३ सांसद छन् । गण्डकी प्रदेशमा एकीकृत समाजवादी कमजोर देखिएको छ । त्यहाँ २७ जना प्रदेश सभा सांसद नै नेकपा एमलोतिर लागेका छन् ।

यस्तै लुम्बिनी प्रदेशबाट १ जना एकीकृत समाजवादीतिर लागेका छन् भने कर्णाली प्रदेशबाट १३ जना एमालेतिर र ३ जना एकीकृत समाजवादीतिर खुलेका छन् ।

स्थानीय तहको हिसाब

सनाखत गर्ने अन्तिम समयसम्ममा कूल ९२८ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेको छ । जसमध्ये प्रदेश नम्बर १ बाट १०६ जना,प्रदेश नम्बर २ बाट ३१५,बाग्मती प्रदेशका २३६ जना,गण्डकी प्रदेशका ३६,लुम्बिनी प्रदेशका ३३ र सुदूरपश्चिम प्रदेशबाट २ सय २ जना जनप्रतिनिधिले नेकपा एकीकृतको पक्षमा सनाखत गरेका छन् ।

यही समयमा जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टी रोज्ने जनप्रतिनिधिको संख्या ९०७ जना पुगेको छ ।

टिप्पणीहरू