खसी बजारको रेस्टुरेण्टबाट समातिए कामरेड वडा सदस्य

खसी बजारको रेस्टुरेण्टबाट समातिए कामरेड वडा सदस्य

काठमाडौ महानगरपालिका-१४ स्थित कलँकी खसी बजारको न्यू कान्तिपुर भोजनालयबाट अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले २ लाख घुससहित त्यहाँका वडा सदस्यलाई समातेको छ । ४२ बर्षीय वडा सदस्य बसन्त महर्जन कुलेश्वर निवासी हुन् ।

अख्तियारको स्टीङ अप्रेसनका क्रममा वडा सदस्य महर्जनले कुलेश्वर बस्ने सुनिल महर्जनको मैतिदेवीमा रहेको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै घुस लिएको पाइएको हो ।
। उनी नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन् ।

निजमाथि वडा अध्यक्ष शोभा सापकोटाको कीर्ते हस्ताक्षर गर्ने गरेकोसमेत आशंका छ कामनपा १४ को पार्टी ईकाई अध्यक्षसमेत रहेका वसन्त निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको विश्वासपात्र मानिन्छन् ।

कामनपा-१४ मगरगाउँ बस्ने रामेश्वर महर्जनमार्फत रकम मोलमोलाइ हुने गरेको र उनी खालि जग्गामा घर टहरा निर्माणमा रकम असुल्ने पात्र रहेको बताइन्छ ।

टिप्पणीहरू