मन्त्रालयको भागबण्डा यसरी मिल्दैछ

मन्त्रालयको भागबण्डा यसरी मिल्दैछ

यो साता गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा हुने भएको छ । विशेषगरी नेकपा एकीकृत समाजवादीको दल दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेकोले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार बिस्तार हुन सकेको थिएन । यद्यपि हिजै शिक्षा मन्त्रालयमा दार्चुलाका दिलेन्द्रप्रसाद बडुलाई नियुक्त गरेर काङ्ग्रेसले स्वास्थ्य,गृह,कानूनसहित ५ मा ४ कोटा पूरा गरेको छ । नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच ५ वटा मन्त्रालयको दरले भाग लगाउने सैध्दान्तिक सहमति भएको हो ।

कानुन मन्त्रालयको हकमा सबै दलको सहमति हुने गरी एक जना नेकपा एकीकृत समाजवादीनिकट प्रतिष्ठित कानुन व्यवसायीलाई मन्त्री बनाउने सम्बन्धमा पनि गठबन्धनका शीर्ष नेताहरुले सहमति गर्नुभएको बुझिएको छ ।

यसअघि प्रधानमन्त्रीसहित गृह,स्वास्थ्य र कानुन मन्त्रालय काँग्रेसको भागमा परिसकेको थियो । कानूनबाट अब ज्ञानेन्द्रबहादुर कार्की अर्कै मन्त्रालयमा जाने कुरा छ । अर्थ र ऊर्जा मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । अब एकीकृत समाजवादी र जसपाको भागमा बाँकी रहेकामध्ये महत्वपूर्ण मन्त्रालयसहित पाँच वटा पर्ने भएको हो । मुख्यगरी परराष्ट्र,शहरी विकास,स्थानीय र सामान्य प्रशासन,कृषि,वन,उध्योग,वाणिज्य तथा आपूर्ति,महिला,बालबालिका,श्रम,भौतिक योजना,पर्यटन,रक्षा,भूमिसुधार,सञ्चार मन्त्रालय अझै बाँकी छन् ।

एकीकृत समाजवादीबाट स्थायी समिति सदस्य बेदुराम भुसाल,जीवनराम श्रेष्ठ,रामकुमारी झाँक्री,प्रेम आले,मेटमणी चौधरी सरकारमा जाने सम्भावना रहेको बताइन्छ ।

टिप्पणीहरू