वर्ष फरक पर्दा छुटे बलात्कारी

स्कटल्याण्डका एक जना न्यायाधीशले पनि एकजना २१ वर्षीय बलात्कारीलाई यो तर्कको आधारमा सफाइ दिएका छन् । बलात्कृत युवती दाबी गरिएअनुरुप १२ वर्षकी जस्ती देखिन्नन्, १६ वर्षभन्दा बढीकी छन् । एडिनवर्ग निवासी ड्यानियल सिस्लाकमाथि रात्रिभोजको मौका पारी १२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप थियो ।

ड्यानियलका वकिलको तर्क थियो– युवती वयस्क हुन् र उनैको सहमतिमा ड्यानियलले शारीरिक सम्बन्ध राखेका हुन् । तल्लो अदालतले ड्यानियललाई सजाय दिएपछि उनी हाइकोर्ट गएका हुन् । हाइकोर्टले मगाएको भिडियो फुटेजको आधारमा बलात्कृत युवती १२ वर्षकी जस्तो नदेखिएको तर्कको आधारमा निर्णय आएको हो ।

टिप्पणीहरू