​प्रश्नले गयो पद

क्यानाडाका एक न्यायाधीश बर्खास्त भएका छन् । १९ वर्षीया युवतीले अलेक्ज्याण्डर स्कट वागर भन्नेले एक रात्रिभोजको दौरान शौचालयमा लगेर आफूमाथि बलात्कार गरेको बताइन् । तर, अल्बर्टा संघीय न्यायालयका न्यायाधीश रोबिन कैम्पले युवतीलाई प्रश्न गरे, ‘बलात्कार गर्दैछ भन्ने थाहा पाएपछि पनि दुईटा खुट्टा किन जोडिनौ ? बाथरुममा भएको बेसिनको स्वीच किन थिचिनौ ? किन चिच्याएर सहयोग मागिनौ ?’ कैम्पले यो पनि भने कि रक्सीले मातेपछि महिलाहरु सेक्स गराउन रुचाउँछन् । क्यानाडाको न्यायिक परिषद्ले कैम्पको प्रश्न र तर्क बलात्कारीलाई उन्मुक्ति दिने उद्देश्यबाट प्रेरित भएको निश्कर्ष निकाल्यो र पदबाट हटाउने निर्णय ग¥यो ।

टिप्पणीहरू