जुम्लाको जागिर,काठमाडौँको बास

जुम्लाको जागिर,काठमाडौँको बास

चन्दननाथ नगरपालिका,जुम्लामा कार्यरत कर्मचारीले काठमाडौँमा बसेर तलब खाइरहेको पाइएको छ । नगरपालिकाकी मेयर कान्तिका सेजुवालले काठमाडौँ बसेका आफन्तलाई तलब खुवाउँदै आएको पाइएको हो ।

मेयर कान्तिकाकी बहिनी नाता पर्ने राधिका मल्ल अनमी हुन् । उनी काठमाडौंमा बस्दै आएकी छन् । तर मेयरले उनलाई नगरपालिकामा अनमी चौथो तहमा नियुक्त गरेर काठमाडौँमा बसेपनि तलब खुवाइरहेको बताइन्छ ।

मल्ललाई तलबवापत नगरपालिकाको स्वास्थ्य शाखाबाट मासिक २६ हजार ६१० रुपैयाँ तलब भुक्तानी भइरहेको छ। तर,अहिलेसम्म उनी नगरपालिकामा उपस्थित छैनन्‌। नगरपालिकाका स्वास्थ्यकर्मीहरूले उनलाई कार्यक्षेत्रमा नदेखेको बताएका छन्‌ ।

दिदी मेयर भएकाले काठमाडौंमा बसेरै तलब खाने सुविधा उनलाई जुरेको स्रोत बताउँछ । ‘मेरो नाम गोप्य राखिदिनु होला,उहाँ मेयरकी बहिनी हुनुहुन्छ,काठमाडौंमा बस्नुहुन्छ,’एक कर्मचारीले भने, ‘काठमाडौँ बसेपनि तलब नगरपालिकाबाटै खाइरहनुभएको छ।’

टिप्पणीहरू