महँगा माछा

जापानको राजधानी टोकियोस्थित त्सुकिजी माछा बजारमा नववर्षको दिन ठूलो मेला लाग्छ । समुद्रमा पाइने ब्लुफिन टुना (माछा) को लिलाम बढाबढ हुन्छ । यस वर्षको लिलाममा दुई सय १२ किलोको टुना माछा ६ लाख १४ हजार डलर (नेरु. ६ करोड ५० लाख ८४ हजार) मा बिक्री भयो । क्रेता थिए– सुसिजान्भाइ रेष्टुराँका मालिक ।

यो रेष्टुराँको शाखा टोकियो मात्र होइन, जापानभरि खुलेको छ । यसले तीन वर्षदेखि टुना माछा किन्दै आएको छ । सन् २०१३ मा त यो वर्षको भन्दा दोब्बर मूल्य तिरेर ठूलो माछा किनेको थियो ।

टिप्पणीहरू