आतंक मच्चाउनेको मरण

क्यामरुन, नाइजेरिया, सुडानलगायतका अफ्रिकी मुलुकमा बेलाबखत अनौठो आतंक सिर्जना हुन्छ । मध्य अफ्रिकी गणतन्त्रको तिरिन्गोलोउ गाउँमा पनि यस्तै घटना भयो । एकजना अपरचित व्यक्ति चिया पिउन पसलमा पसे । चिया मागिसकेपछि पैसा दिने क्रममा पसलेको हात अँठ्याइदिए । लगत्तै पसलेले आफ्नो लिंग संकुचित हुँदै साना बालकको जत्रो सानो भएको महसुस गरी चिच्याउन थाले ।

भीड जम्मा भयो । अर्को एकजना पनि ती अपरिचितलाई छुनेबित्तिकै लिंगको आकार सानो हुँदै गयो भनी रुन थाले । पछि ती दुवैले झुठमुठमा लिंगको आकार सानो भएको भनी आतंक सिर्जना गरेको सावित भयो । दुवैलाई त्यस क्षेत्रमा दबदबा कायम गर्दै आएको विद्रोही समूहले कब्जामा लियो र केही क्षणमै गोली हानेर मारिदियो ।

टिप्पणीहरू