उपत्यकामा कुन कुन क्षेत्र अझै ठप्प ?

उपत्यकामा कुन कुन क्षेत्र अझै ठप्प ?

कोरोना महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा दश दिन लम्बिएको छ । अन्य क्षेत्र बिस्तारै खुलाउँदै गएको अवस्थामा भोलिबाट लामो दूरीका यातायातसमेत खुल्ला गरिएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार शिक्षण र मनोरञ्जनका क्षेत्रको विषयमा अझै सोच्नुपर्ने अवस्था छ । तर भोलिबाट लामो तथा छोटो दूरीमा सबै प्रकारका यातायात सञ्चालन हुनेछ ।

अझै पनि सबै प्रकारका सभा, सम्मेलन र मनोरञ्जनका क्षेत्रलाई सञ्चालनमा रोक लगाइएको छ । खेलकुद,भोज भतेर,जुलुश,जात्रा र अन्य भीडभाडका कार्यक्रममा लगाइएको रोक पनि यथावत छ । तर,सोमबारदेखि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन र सर्वोच्च अदालतको विरुद्धमा निकालिएको जुलुशमा उक्त निषेधाज्ञा लागू भएकोतर्फ जिल्ला प्रशासन र सुरक्षा निकायले ध्यान दिएको देखिँदैन ।

त्यसैगरी,मठमन्दिर गरिने नित्यपूजा बाहेक सबै धार्मिक गतिविधिमा लगाइएको रोक यथावत छ । स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न नपाइने भनिएको छ ।

 

 

टिप्पणीहरू