कुरा उठाउने पूर्वमन्त्रीसहित मुख्यमन्त्री चिनियाँ सिमानातिर

कुरा उठाउने पूर्वमन्त्रीसहित मुख्यमन्त्री चिनियाँ सिमानातिर

लिमी लाप्चा क्षेत्रको ललुङजोङमा नेपाली भूभाग कब्जा गरी चीनले एकतर्फी भवन निर्माण गरेको बिबाद काङ्ग्रेस नेता जीवनबहादुर शाहीले झिकेको १० महिनापछि उनीसहितको टोली हिजो त्यहाँ पुगेको छ ।

शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सत्ता साझेदार दल नेपाली कांग्रेसको प्रदेशसभामा संसदीय दलका नेता जीवनबहादुर शाही र प्रदेश सभा सांसद बिमला केसीलाई लिएर नाम्खा गाउँपालिका-६ लिमिको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका-५ हिल्सा र कीट क्षेत्र गएका हुन् । पूर्व पर्यटन मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले गत असोजमा ललुङजोङ,हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन गरी चिनले नेपाली भूमि मिचेको निश्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो ।

भने नेपाल सरकारको परराष्ट्र मन्त्रालयले उक्त दावीको तत्काल खण्डन गरेको हो । गत कार्तिक २२ गते विवादित सीमास्थलको स्थलतगत निरीक्षण गर्न हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडाबाट लडेर सामान्य घाइते भएपछि फर्केको र शुक्रवार बेलुका कैलाश एअरको हेलिकप्टरमा फेरि सिमकोटतिर पुगेर लाप्चास्थित १२ नम्बर सीमा स्तम्भ र हिल्सास्थित ९(१), ८(१), ७(१), ६(१), ५ (१) र ५ (२) नम्बर सीमा स्तम्भको समेत निरिक्षण गरेको हो ।

टिप्पणीहरू