भारतीय गृहिणीहरू श्रीमान कुट्नेमा विश्वमै तेस्रो धेरै

भारतीय गृहिणीहरू श्रीमान कुट्नेमा विश्वमै तेस्रो धेरै

श्रीमानले श्रीमती कुटेका,दाइजोको निम्ति श्रीमतीलाई ज्यूँदै जलाएका समाचारहरू दशकौंदेखि भारतीय समाजको पर्यायवाची बन्दै आएका छन् ।

तर,पछिल्ला वर्षमा भारत श्रीमतीबाट श्रीमान कुटिने देशहरूमध्ये तेस्रो नम्बरमा रहेको एउटा तथ्याङ्कले देखाएको छ । राष्ट्रसंघीय निकायले गरेको एउटा सर्वेक्षण र अनुसन्धानबाट भारतीय गृहिणीहरू श्रीमान कुट्नमा विश्वमै तेस्रो स्थानमा रहेको पाइएको हो ।

उनीहरूले श्रीमानलाई रामधुलाई गर्दा सकेसम्म हात प्रयोग नगरी कम्मरपेटी,हिल भएको जुत्ता, किचेनमा भएका रोटी पेल्ने बेल्नालगायत अगाडि भेटिएका सामानको प्रयोग (?) गर्दछन् । संयुक्त राष्ट्रसंघले गरेको उक्त अध्ययनबाट भारतमा श्रीमानमाथि हुने घरेलु हिंसाको भयावह अवस्था देखिएको हो ।

उक्त रिपोर्ट सन् २०१६ मा गरिएको एक अध्ययनपछि प्रकाशित भएको थियो ।

टिप्पणीहरू