कर्मचारीलाई किरा

चिनियाँ कम्पनीका मालिकहरु कर्मचारीलाई दण्ड दिने नाउँमा किरा–फट्यांग्रा खान बाध्य पार्दैछन् । सान्सी प्रान्तको हान्चोङस्थित कम्पनी ‘आइ जिया’ ले निर्धारित इकाइ बिक्री गर्न असक्षम ६० जना कर्मचारीलाई विभिन्न किरा–फट्यांग्रा जबर्जस्ती निल्न लगाएको छ । किरा मुखमा हाल्दिने र त्यसपछि पाइच्यू मदिरा सेवन गर्न लगाउने गरेको श्रव्यदृश्य सार्वजनिक भएको छ । कमजोर कर्मचारीलाई किरा–फट्यांग्रा सहकर्मीहरुको अगाडि नै खान मालिकले बाध्य बनाउने गरेका छन् ताकि उक्त दण्डबाट डराएर सबैले काममा बढी ध्यान पु¥याउन् । यसअघि सोही कम्पनीले कमिला पनि खान दिएको थियो ।

टिप्पणीहरू