मुख्यमन्त्रीसङ्गै लमजुङे फर्सी फिर्ता

मुख्यमन्त्रीसङ्गै लमजुङे फर्सी फिर्ता

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो सरकारी निवास छाड्नुभएको छ । गुरुङले सरकारी निवास छाड्नेक्रममा त्यहाँ रहेको अजङगको पाकेको फर्सी पनि लागिएको छ ।

अरु सबै सामान सारिसकेपछि उक्त फर्सीलाई सरकारीबाट निजी निवासमा सार्दा गुरुङ चढ्ने गरेको गाडीको अगाडिको सिटमा राखिएको थियो । भेट्नो नचुँडियोस् र चोटपटक पनि नलागोस् भनेर सहयोगीले फर्सीलाई निकै जतनसाथ लैजान खोजेको देखिन्थ्यो ।

टिप्पणीहरू