लुम्बिनीमा विष्णु र गण्डकीमा इन्द्रलालले मात्र काँध हालिरहनुपर्ने ? : योगेश भट्टराई

लुम्बिनीमा विष्णु र गण्डकीमा इन्द्रलालले मात्र काँध हालिरहनुपर्ने ? : योगेश भट्टराई

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसभामा एमालेका सांसदहरुमध्ये वरिष्ठ नेता माधवकुमार नेपाल निकट भनेर चिनिएका दुई र एक जना सांसद मात्र हुनुहुन्छ । पार्टीको नामबाट आउने अवसर अरुले पाइरहँदा लुम्बिनीमा विष्णु पन्थी र गण्डकीमा इन्द्रलाल साप्कोटाले हेर्नेबाहेक अरु केही काम नपाएको यथार्थ सबैलाई छर्लङ्ग छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट मुख्यमन्त्री र सांसदहरुको रजगज चलिरहँदा विष्णु र इन्द्रलाललाई औपचारिक कागजातमा दस्तखत गर्नेबाहेक अरु केही जिम्मेवारी दिनेतर्फ कसैले सोचेनन् । यता,गण्डकीमा हिजोदेखि गुरुङ सरकार ढलेको छ । उता लुम्बिनीमा पनि पोखरेल सरकार आज हो वा भोलिको अवस्थामा पुगेको छ ।

एमाले स्थायी समितिका एकजना सदस्य भन्नुहुन्छ ‘तुलनात्मक रुपमा अध्यक्ष केपी समूहको व्यवस्थित संगठन भएको एक मात्र प्रदेश लुम्बिनी हो । गण्डकीमा भने एकपक्षीय शासन चलाइएको र टिकाइएको आरोप छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ्ग र मानबहादुर जिसीहरुको मनोमानी रहेको बताइन्छ ।’

यता,नेता योगेश भट्टराईले हिजो शनिबार अबेर अब कति इन्द्रलाल र विष्णु पन्थी भइरहनुपर्ने ? भनेर सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले हिजो बिहान सगरमाथा टेलिभिजनसँगको अन्तरवार्तामा ‘अझै पार्टीलाई मिलाउन कोशिस गरिरहेको र फुटेमा माधवकुमार नेपाल समूहतर्फ नलाग्ने’ प्रष्ट भन्नुभएको थियो । बिहान त्यसो भने पनि साँझ गण्डकी प्रदेशसभामा उत्पन्न नयाँ परिस्थितिबाट आजित भएर त्यस्तो टिप्पणी लेख्नुभएको अड्कल लगाइएको छ ।

उनै भट्टराईले यसबीच आफू निकटहरुसँग दुबैतर्फ नलागी एकाध वर्ष बीचको राजनीति गरेर भए पनि टिक्न सकिने बताउनुभएको छ । अचेलका युवामा ‘व्यापार भनेको नाफाको गर्नुपर्छ’ भन्ने सिद्धान्तले काम गरेको ठान्नेहरुको अचेक कमि छैन ।

टिप्पणीहरू