आजबाट मिनी विश्वकप शुरु हुँदै

आजबाट मिनी विश्वकप शुरु हुँदै

युरोपेली राष्ट्रहरुबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिने युरोपेली च्याम्पियनशिप युरो कप आजबाट शुरु हुँदै छ । यसलाई मिनी विश्वकप समेत भनिन्छ ।

कोरोना महामारीका कारण एक वर्ष पछाडि धकेलिएको युरो कपको १६ औं संस्करण आजबाट शुरु हुन लागेको हो ।

आजको उद्घाटन खेलमा टर्की र इटाली भिड्दै छन् । प्रतियोगिता इटालीको राजधानी रोमको ओलम्पिक स्टेडियममा हुन लागेको हो । उद्घाटन खेल नेपाली समयअनुसार मध्यरात पौने एक बजे हुँदैछ ।

युरोकप शुुरु भएको ६० वर्ष पुगेको अवसरमा यस पटकको खेल युरोपका ११ देशको ११ वटा शहरमा आयोजना गरिँदैछ । प्रतियोगिता एक महिनासम्म अर्थात् आगामी जुलाई ११ सम्म हुनेछ । फाइनल खेल लन्डनको वेम्बली स्टेडियममा हुनेछ ।

प्रतियोगितामा २४ देशको सहभागिता रहेको छ । जसअनुसार समूह ‘ए’ मा टर्की, इटाली, वेल्स र स्वीट्जरल्यान्ड छन् भने समूह ‘बी’ मा डेनमार्क, फिनल्यान्ड, बेल्जियम र रसिया छन् । त्यसैगरी समूह ‘सी’ मा नेदरल्यान्ड्स, युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया, समूह ‘डी’ मा इङ्ग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड र चेक रिपब्लिक छन् ।

समूह ‘ई’ मा स्पेन, स्वीडेन, पोल्यान्ड र स्लोभाकिया छन् भने समूह ‘एफ’ मा हंगेरी, पोर्चुगल, फ्रान्स र जर्मनी रहेका छन् ।

टिप्पणीहरू